images

शनिवार, बैशाख ८ गते २०८१

रोटरी बैठकमा क्लासिफिकेशन

रोटरी बैठकमा क्लासिफिकेशन

images
images
images
शनिवार, जेठ ७ २०७९
शनिवार, जेठ ७ २०७९
  • रोटरी बैठकमा क्लासिफिकेशन

    बुटवल, ७ जेठ ।
    रोटरी क्लब अफ बुटवलको १४ सय १४ औं नियमित एवं क्लब वर्ष २०२१÷२२ को ४४ औं बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष रो. प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा क्लासिफकेशन रहेको थियो । बैठकमा रोटरी क्लबका चार्टड मेम्बर चिरन्जीवी जोशीको क्लासिफिकेशन रहेको थियो ।

    images
    images
    images

    त्यस अवसरमा बोल्दै उनले आफ्नो व्यक्तिगत र सामाजिक जीवनका बारेमा चर्चा गर्दै सामाजिक क्षेत्रमा आफूले पुर्याएको योगदान नै आफ्नो लागि ठूलो सम्पत्ति रहेको बताए । 

    आफू राजनीतिक क्षेत्रका साथसाथै सामाजिक क्षेत्रमा पनि निरन्तर क्रियाशिल रहेको र विभिन्न चुनौतीलाई पार गर्दै स्वास्थ्य क्षेत्रलाई आफूले सँगसँगै अघि बढाएको बताए । राज्यले स्वास्थ्य क्षेत्र सुधारका लागि नीतिगत व्यवस्था गर्न नसकेको भन्दै उनले निजी क्षेत्र र विज्ञहरुको सल्लाह बमोजिम समयानुकुल नीतिहरुको तर्जुमा गर्न सके मात्रै स्वास्थ्य क्षेत्र सुधारको बाटोमा जाने बताए ।

    त्यस अवसरमा रोटरी क्लब अफ बुटवलका पुर्व अध्यक्षहरु हरिप्रसाद पौडेल, आमोद सिमांगैला, नारायण पन्थ लगायतले विभिन्न विषयमा जिज्ञासा एवं सुझाव दिएका थिए । बैठकमा रोटरीयनहरु मणिरत्न पाण्डे, दण भण्डारी, क्लबका सचिव खिमनारायण पराजुली लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij