२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

रोट्रयाक्ट क्लब अफ रुपन्देहीमा अर्याल

सोमवार , जेठ ९, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल। रोट्रयाक्ट क्लब अफ रुपन्देहीले वर्ष २०२२/२३ कालागि नयाँ कार्यसमिती चयन गरेको छ । अनिल अर्यालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसहमतिमा बिस्तार गरेको हो ।

    अर्यालको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितीको आईपिपिमा सन्दीप पाण्डे प्रेसिडेन्ट इलेक्टमा राम प्रकाश पाण्डे उपाध्यक्षहरुमा  सुनिल भुसाल, सन्तोष न्यौपाने र शालु पंगेनी त्यसै गरी सचिवमा मिलन पंगेनी, सह सचिवमा सन्देश पोख्रले, कोषाध्यक्षमा भिम न्यौपाने र सह कोषाध्यक्षमा  माधवी पाण्डे चयन हुनु भएको छ।

    क्लब एभिन्यु डाइरेक्टर तर्फ भने क्लव एडमिन डिरेक्टर अर्जुन यादव क्लब सर्विस प्रोजेक्ट डिरेक्टर सागर भण्डारी, इन्टरनेशनल रेलेशनशिप डिरेक्टर बिमल पाण्डे, पब्लिक इमेज डिरेक्टर सरस्वती पाण्डे, मेम्बर्सिप डेभलपमेन्ट डिरेक्टर लिजन राणा, द रोटरी फाउनडेसन डिरेक्टर कृष्ण पाण्डे, फण्ड राइजिङ डिरेक्टर रमेश पाण्डे, मीडिया कोडिनेटर शिव पाण्डे, स्पोर्ट्स कोडिनेटर बल्लभ भण्डारी चयन हुनु भएको हो ।

    त्यसै गरी सर्जेन्ट एट आर्म्समा संयुक्ता थापा र सर्जेन्ट एट आर्म्स सेकेण्डमा दुर्गा न्यौपाने चयन हुनु भएको हो । समाज सेवामा स्वतःस्फुर्त रुपमा कार्य गर्दै आएको रोट्रयाक्ट क्लब अफ रुपन्देहीले आगामी दिनमा थप क्रियाशिल बन्दै सामाजिक कार्यमा लाग्ने जनाइएको छ ।