२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मेची–महाकाली वृहत रक्तदान कार्यक्रमसँगै साईकलयात्री बुटवलमा

मंगलवार , जेठ १०, २०७९

बुटवल, १० जेठ ।
मेची–महाकाली वृहत रक्तदान कार्यक्रमसँगै साईकल यात्राका सहभागीहरु बुटवल आइपुगेका छन् । बुटवलका विभिन्न साईकल क्लबमा पदाधिकारी, सदस्यहरुले सो अभियानका सदस्यहरु सन्देश सुवेदी, अजित बराल र सन्तोष गिरीलाई स्वागत तथा सोमबार बुटवलमा वृहत रक्तदान कार्यक्रम गरिएको हो । 

एक समारोहकाबीच नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही जिल्लाका अध्यक्ष कृष्ण चौहानले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले रगत अभाव भइरहेको बेला यस्ता अभियान निककै महत्वपूर्ण हुने बताए । समाजका आजीवन सदस्य सन्देशश सुवेदीले मेचीबाट सुरु भएर महाकालीसम्म पुग्ने र देशभरका मुख्य शहरहरुमा रक्तदान कार्यक्रम गर्ने गरी अभियान थालिएको बताए । 

वैशाख २५ गतेबाट मेची पुलबाट यात्रा सोमबार बुटवल आएका हुन् । अभियानमा ३ जना साईकलयात्रीहरु सहभागी छन् । अभियानको क्रममा काकडभित्ता, धरान, जनकपुर, हेटौंडा र चितवनमा रक्तदान गरिएको उनले बताए । स्थानीय रक्तदाता संघ–संस्थाहरुको सहयोगमा बुटवलमा पनि कार्यक्रम गरिएको उनले बताए । बुधबार भैरहवामा समेत रक्तदान कार्यक्रम गर्ने उनले बताए ।