
शनिवार , कार्तिक २९, २०७७
बुटवल, २९ कार्तिक ।
बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा शुक्रबार सम्पन्न दिपावली फेष्टिबल फुटसल २०७७ को उपाधि तिनाउ साईक्लिङ क्लबले चुमेको छ । फाइनलमा रुपन्देही जिल्ला साईक्लिङ संघलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । खेलमा तिनाउका सृजन श्रेष्ठ म्यान अफ दी म्याच र संघका खोम बहादुर पौडेल हाई स्कोररबाट पुरस्कृत भएका थिए ।
एक समारोहकाबीच बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । उनले खेलको माध्यमबाट आन्तरिक पर्यटन र विकास अबको आवश्यकता भएको बताए ।
साईक्लिष्टहरुबीच भातृत्व विकास गर्दै एकतावद्घ गराउने लक्ष्यसहित कार्यक्रम गरिएको क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताए । प्रतियोगितामा संघसहित जिल्लाका ४ वटा क्लबका गरी ७ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक रेशम रेग्मीले बताए । कार्यक्रममा संघका अध्यक्ष पुकार थापा, संघका सल्लाहकार जाकिर हुसेन, क्लबका सचिव राजु तिवारी, कोषाध्यक्ष डम्बर तिवारी, सदस्य रविलाल सुवेदी, दिपक केसीले थप रचनात्मक कार्यक्रमहरु गर्दै लगिने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij