images

आइतवार, बैशाख १६ गते २०८१

बालेन शाहको जित सुनिश्चित

बालेन शाहको जित सुनिश्चित

images
images
images
बुधवार, जेठ ११ २०७९
बुधवार, जेठ ११ २०७९
  • बालेन शाहको जित सुनिश्चित

    काठमाडौँ — काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार गन्न बाँकी मत भन्दा बढी मतान्तर भएकाले उनको जित सुनिश्चित भएको हो । 

    images

    बालेनले ५५ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै सिर्जना सिंह ३५ हजार ३ सय ७१ मतसहित दोस्रो स्थानमा रहँदा स्थापित ३४ हजार ६ सय २६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

    बालेनले स्थापितभन्दा २१ हजार १ सय २१ बढी मत प्राप्त गरेका छन् । त्यस्तै सिर्जना सिंहभन्दा उनले २० हजार ३ सय ७६ मत बढी ल्याएका छन् । काठमाडौंका ३२ मध्ये २७ वडाको मतगणना सकिएको छ । अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ को मत गणना भइरहेको छ । अब १९ हजार ३ सयजति मत मात्र गन्न बाँकी रहेको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij