images
images

आइतवार, जेठ ६ गते २०८१

रगतको अभाव रोक्न आकस्मिक रक्तदान

रगतको अभाव रोक्न आकस्मिक रक्तदान

images
images
images
बुधवार, जेठ ११ २०७९
बुधवार, जेठ ११ २०७९
  • रगतको अभाव रोक्न आकस्मिक रक्तदान

    बुटवल, ११ जेठ ।
    रुपन्देहीमा पछिल्लो समय रगत अभाव देखिएको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसंगै रगत अभाव देखिएपछि आकस्मिक रक्तदानमा जोड दिइएको छ । जागृति बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले आफनो २१ औं स्थापना दिवसमा वृहत रक्तदान कार्यक्रम गरी मनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले बुधबार नेपाल रेडक्रस सोसाईटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो । 

    images
    images
    images

    कार्यक्रमको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले पहिलो रक्तदातालाई ब्लड ब्याग वितरण गरी शुभारम्भ गरेका थिए । देशभर रगत अभाव हुँदा रुपन्देहीबाट अभियान चलाएको स्मरण गर्दै उनले पछिल्लो समय यहाँ रगतको अभाव देखिएको बताए । ‘हामीले दैनिक आकस्मिक रक्तदान कार्यक्रम चलाएका छौं’–उनले भने । केन्द्रमा रगतको माग धेरै बढेको उनले बताए । स्थानीय निर्वाचनको अवधिमा रगतको अभाव देखिएको भन्दै उनले यस अवधिमा आकस्मिक रक्तदान गरी माग थेग्न सफल भएको उनले बताए । 

    सहकारीका अध्यक्ष रमेश प्रसाद पाण्डे, निवर्तमान अध्यक्ष गणेश प्रसाद भट्टराई, पूर्व अध्यक्ष भोजराज पाण्डे, सचिव लालप्रसाद बस्यालले नियमित वार्षिक कार्यक्रम राखेर सहकारीमार्फत सामाजिक कार्यमा योगदान दिदै आएको बताए । कार्यक्रमका संयोजक शेषनारायण बस्यालले सहकारीको रक्तदानमा ५३ युनिट रगत संकलन भएको बताए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij