images
images

आइतवार, जेठ ६ गते २०८१

उपचारमा सहयोगार्थ भैरहवामा चिया स्टल

उपचारमा सहयोगार्थ भैरहवामा चिया स्टल

images
images
images
बिहिवार, जेठ १२ २०७९
बिहिवार, जेठ १२ २०७९
  • उपचारमा सहयोगार्थ भैरहवामा चिया स्टल

    भैरहवा, १२ जेठ ।
    स्थानीय तहको निर्वाचनमा निर्वाचित भए पश्चात विजय र्यालीको क्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा भएको मिनी ट्रक दुर्घटनामा परी घाइते भएकोको उपचारमा अखिल नेपाल महिला संघ (अनेमसंघ) सिद्धार्थनगरले सहयोग अभियान सञ्चालन गरेको छ । 

    images
    images
    images

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट निर्वाचित भएको टोली विजय र्याली मनाउने क्रममा दुर्घटनामा परी २४ जना घाइते भइ भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत छन् । ‘मानवीय सेवा नै धर्म हो’ भन्ने सोचका साथ उनीहरुको उपचार खर्चमा केही राहत पुगोस् भन्ने उद्देश्यले अनेमसंघले चिया स्टल कार्यक्रम सञ्चालन गरेको हो । बुधबार बिहान साढे ५ बजेदेखि ८ बजेसम्म भैरहवाको बुद्धचोकमा चिया स्टल सञ्चालन गरिएको अनेमसंघ नगर सह–सचिव सृजना जोशीले बताइन् । घाइतेहरुको उपचारार्थ उक्त अभियान शुक्रबारसम्म सञ्चालन गरिने जोशीले बताइन् ।

    पहिलो दिन चिया विक्री तथा नगद गरी २० हजार आर्थिक संकलन भएको उनको भनाइ छ । एमाले रुपन्देही जिल्ला सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित उपप्रमुख उमा अधिकारी, एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेल, लुम्बिनी प्रदेश सदस्य राजेन्द्र प्रसाद पन्थी, सिद्धार्थनगर सचिव नारायण प्रसाद भण्डारी, अनेमसंघ नगर अध्यक्ष पार्वती पौडेल लगायतको उपस्थितिमा बुधबार उक्त अभियान सुभारम्भ भएको हो । बिरामीको उपचारमा सहयोगार्थ चियाको मूल्य ५० रुपैयाँ कायम गरिएको सह–सचिव जोशीले बताइन् । उनकाअनुसार सिद्धार्थनगर भन्दा बाहिर बस्नुहुने तर सहयोग गर्न चाहनुहुने महानुभावले अखिल नेपाल महिला संघ नगर कमिटीको नाममा रहेको कामना सेवा विकास बैंक, भैरहवा शाखाको खाता नम्बर ०२३००३००१८५४४६०००००२ मार्फत नगद सहयोग गर्न सकिने छ ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij