images
images

आइतवार, जेठ ६ गते २०८१

स्थापना दिवसमा जमघटद्वारा रक्तदान

स्थापना दिवसमा जमघटद्वारा रक्तदान

images
images
images
शुक्रवार, जेठ १३ २०७९
शुक्रवार, जेठ १३ २०७९
  • स्थापना दिवसमा जमघटद्वारा रक्तदान

    बुटवल, १३ जेठ ।
    जमघट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार वार्षिक कार्यक्रम अन्र्तगत रक्तदान गरेको छ । तिनाउ टोलमा ९ वर्षअघि स्थापना भएको संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान गरेको हो ।

    images
    images
    images

    कार्यक्रमको एक समारोहकाबीच वडा नम्बर ३ का वडाअध्यक्ष विष्णु ढकालले रक्तदातालाई ब्लड ब्याग वितरण गरी उद्घटन गरेका छन् । सामाजिक कार्यहरुमा सबैभन्दा उत्तम कार्य र मानविय जीवन रक्षाका लागि रक्तदान गर्नुपर्ने उनले बताए । स्थानीय वडाबासीहरुलाई शिक्षा र स्वस्थ्यको सेवालाई प्रभावकारी बनाउने आफू लाग्ने प्रतिवद्धता जनाउँदै टोलटोलका संघ–संस्थालाई सचेतना कार्यक्रममा सहकार्य गर्न सुझाव दिए । 

    संस्थाका अध्यक्ष गोपाल कुमार प्रधानले २०७० मा स्थापना भएको संस्था शेयर सदस्यहरुको आयआर्जन वृद्धिको लागि लागेको बताए । सानासाना उत्पादशिल क्षेत्रमा लगानीसँगै सामाजिक कार्यमा समेत निरन्तर लागेको उनले बताए ।  

    कार्यक्रममा वडा महिला सदस्य रतिमला वि.क., रक्त संचार केन्द्रका राधा शर्मा, प्रबन्ध सञ्चालक अमित बिसिले रगत अभावको अवस्थामा गरिएको कार्यक्रमबाट थोरै भए पनि सहयोग मिल्ने बताए । 

    संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक ध्रुव भुसालले महिला रक्तदाताको उलेख्य सहभागिता रहेको बताए । स्थानीय १६ जना महिलासहित ५० जना रक्तदाताहरुबाट रक्तदान गरिएको उनले बताए । सहकारी संस्थामा करिब ३ सय रहेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij