२०८२, कार्तिक १८ गते

Nov 04 2025 | २०८२, कार्तिक १८ गते

प्रहरीद्वारा १० बोरा पटका नष्ट

शनिवार , कार्तिक २९, २०७७

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, २९ कार्तिक । 
    अवैध रुपमा ओसारपसार गरिरहेको अवस्थामा विभिन्न किसिमका पटकाहरु प्रहरीले फेला पारेको छ ।

    विभिन्न समय र स्थानमा बेलहिया, बेथरी, लुम्बिनी र बुटवलबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नेपालमा प्रतिबन्धित विभिन्न किसिमका अन्दाजी १० बोरा पटकाहरु फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले बताए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीको परिसरमा ल्याएर पानी हाली जमिन मुनी गाडेर उक्त पटका शनिबार नष्ट गरिएको खत्रीले जानकारी दिए ।