images

आइतवार, बैशाख २३ गते २०८१

बजेट कार्यान्वयन गर्न चुनौतिपूर्ण : निजी क्षेत्र

बजेट कार्यान्वयन गर्न चुनौतिपूर्ण : निजी क्षेत्र

images
images
images
मंगलवार, जेठ १७ २०७९
मंगलवार, जेठ १७ २०७९
  • बजेट कार्यान्वयन गर्न चुनौतिपूर्ण : निजी क्षेत्र

    भैरहवा, १७ जेठ ।

    images
    images
    images

    सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्रीशर्माकाअनुसार आगामीआवमाचालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगतखर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।

    यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले जानकारी दिए ।

    कतिपयले यो बजेटलाई उत्कृष्ट बजेट भनेका छन् भने कतिपयले बजेट वितरणमुणी र चुनाव केन्द्रित भएको टिप्पणी गरेका छन् ।

    बजेटबारे यस्तो छ निजी क्षेत्रको प्रतिक्रिया :

    बजेट ठीकै छ, सकारात्मक छ । यसले सबै क्षेत्रलाई समेटेको छ । तर, कार्यान्वयनमा भने केही चुनौती छ । बजेट कार्यान्यवन हुन सके राम्रै हुन्छ । यो बजेटले पुराना कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । किसानका लागि राम्रो योजना ल्याएको छ । उद्योगी व्यवसायीका लागि पनि राम्रो योजना ल्याएको छ । वृद्धवृद्धा र कर्मचारीका लागि पनि राम्रै छ । हाम्रो मुलुकमा के सिस्टम बस्यो भने पार्टीगत हिसाबले एउटा पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटमा अर्को पार्टीले चित्त नबुझाउने अवस्था छ ।

    अनिलकुमार ज्ञवाली
    अध्यक्ष
    उद्योग व्यापार संगठन, रुपन्देही

    सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएको छ । यो बजेट उद्योगमैत्री छ । स्वदेशीउद्योगलाई प्राथमिकतामा राखेर यो बजेट आएकोले यसलाई सकारात्मक रुपमा लिएका छौं । बजेट कार्यान्वयनको क्षेत्रमा सरकार कति सफल हुन्छ भन्ने कुरा आफ्नो ठाउँमा छ । भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज)लाई पूर्ण रुपमा सञ्चालन गर्ने भन्ने कुरा अर्थमन्त्रीले बजेटमा राख्नुभएको छ । बुटवल–भैरहवा व्यापारिक राजमार्गबारे बजेटले सम्बोधन गरेको छ । त्यस्तै निर्यात गर्ने उद्योगीलाई राहतदिने कुरा उठाइएको छ । क्लीनकर, सिमेन्ट, जुत्ता, पानी, स्टिल निर्यात गर्ने उद्योगलाई नगदमै ८ प्रतिशत अनुदान दिने कुरा स्वागत योग्य छ । सहकारीले ५० प्रतिशत उत्पादन मूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुराले उत्पादनमा टेवा पु¥याउँछ । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनलाई निरन्तरता दिने कुरा समेटिएको छ । यो राम्रो कुरा हो । एकीकृत जाँच भन्सार विन्दु (आइसीपी)निर्माण कार्य सुरु गर्ने कुरा स्वागत योग्य छ । आइसीपी निर्माण हुन नसक्दा उद्योगी व्यवसायी र उपभोक्ता मारमा परेका छन् । समग्र रुपमा उद्योगी–व्यवसायी मैत्री बजेट आएको छ । राजस्व कसरी उठ्छ यसमा केही शंका उत्पन्न भएको छ । १२ खर्ब ४० अर्ब ११ करोड राजस्वबाट उठाउने लक्ष्य कसरी पुरा हुन्छ ?विषम परिस्थितिमा आयातलाई निरुत्साहित गर्दा भन्सारबाट आउने राजस्व कम हुन्छ । नयाँ उद्योग थप्ने र भएका उद्योगमा नयाँ प्लान्ट जडान गर्न सक्ने परिस्थिति सिर्जना हुन सकेको छैन । बैंकले ऋण दिन सकेको छैन र ब्याजदर पनि बढेको छ ।स्वदेशीउद्योग प्रवद्र्धन गर्ने खालको बजेट आफैमा राम्रो छ ।

    भीष्म प्रसादन्यौपाने
    अध्यक्ष
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही

    पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । नयाँ योजना खासै देख्न सकिएन। कृषिलाई थोरै ‘फोकस’ गरे जस्तो देखिन्छ । नयाँ कार्यक्रम आउन सकेन ।

    पिताम्बर न्यौपाने                                                                                                                                                     अध्यक्ष
    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही

    बजेट जहिले पनि आउँछ, तर त्यो कार्यान्वयन हुँदैन । महत्वकांक्षी बजेट आउने तर त्यसको कार्यान्यवन पक्ष फितलो छ । चुनावी सरकारले बजेट ल्याएको छ । केही महिनापछि प्रदेश र संघको निर्वाचन हुँदैछ । अहिले धेरै महत्वकांक्षी बजेट आएको छ । यो कार्यान्वयन हुने स्थिति छैन ।

    गोविन्द ज्ञवाली
    अध्यक्ष
    लुम्बिनी होटल संघ, नेपाल

    अहिलेको बजेट हावादारी छ । नेताहरुले आफ्नो सेवा सुविधाकतै घटाएका छैनन् । पैसाको राम्रो सपना देखाइएको छ । राम्रो काम गर्ने भनिएको छ, तर कार्यान्यवन पक्ष कमजोर छ । नेपालको प्रवृत्ति भनौ चुनावपछि बजेट बांडफांड हुन्छ । यो वर्ष बजेटले सामान्य रुपमा भन्नुपर्दा झन अफ्ठयारो पार्छ । पैसा निकासा हुन सक्दैन । जनतालाई सुविधादिने स्रोत भनेकै राजस्व हो । आर्थिक मन्दीका कारण औद्योगिक व्यवसायिक प्रतिष्ठान धरासायी छ, तर सरकारले यतिबेला करको अपेक्षा गरेको छ । वृद्धभत्ता पाउने उमेर घटाइएको छ । वृद्ध भत्ता भन्दापनि स्रोत व्यवस्थापन अर्थात रोजगारी दिने तर्फ सरकारको ध्यान जानुपर्छ । सरकार बेरोजगारी अन्त्यको लागि मौन छ । सरकारले जनतालाई आशा मात्र देखाएको छ । यो बजेट कर्मचारीलाई खुसीपार्ने बजेट हो, जनतालाई खुसीपार्ने बजेट होइन । जनता माथि कर लादिएको छ तर जनताको सेवासुविधा भन्दा पनि नेताको सेवा सुविधा यथावत छ ।

    अजय कुमार गुप्ता
    महासचिव
    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देही

    अहिलेको बजेटले अलिकति करमा छुट दिएको छ । कर्मचारीको तलब बढाइएको छ । पर्यटन क्षेत्रको विकासका लागि पनि यो बजेटले केहीगर्न खोजेको छ । 
    चन्द्रप्रकाश श्रेष्ठ
    अध्यक्ष
    सिद्धार्थ होटल एशोसियशन


    यो चुनाव मुखी बजेट हो । चुनावलाई आधार बनाएर बजेट ल्याइएको छ । यो दीर्घकालीन रुपको बजेट होइन । ५–६ महिनाको लागि जनतालाई मनाउन र मत आफ्नो पक्षमा पार्नका लागि यो गठबन्धन सरकारको रणनीति हो ।

    केशवराज ज्ञवाली
    अध्यक्ष
    मदिरा व्यवसायी संघ, भैरहवा

    अहिलेको बजेटले संस्थागत विद्यालयलाई सम्बोधन गर्न सकेको छैन । सरकारले शिक्षा क्षेत्रमा लगानी गरेको छ तर सामूदायिक विद्यालयलाई मात्र समेटेको छ । राज्यका लागि सबै विद्यार्थी समान हुनुपर्छ । शिक्षा र स्वास्थ्यमा पनि समान हुनुपर्छ । धेरै कुराबाट संस्थागत विद्यालय वञ्चित भएको छ । अहिले पनि भेदभाव भएको महसुस भइरहेको छ । सामूदायिक विद्यालयको स्तरोन्नति गर्ने प्रयास छ । आइतबार सार्वजनिक विदा दिइएको छ र मुलुकमा आर्थिक संकट भएको बेला सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिएको छ । यो अर्थतन्त्रले धान्न सक्छ त ?

    उदयकुमार मल्लिक
    अध्यक्ष
    सामूहिक विद्यालय परिवार, रुपन्देही

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij