images

आइतवार, बैशाख २३ गते २०८१

उपचारमा सहयोगार्थ सञ्चालित चिया स्टलबाट संकलन भएको रकम हस्तान्तरण

उपचारमा सहयोगार्थ सञ्चालित चिया स्टलबाट संकलन भएको रकम हस्तान्तरण

images
images
images
मंगलवार, जेठ १७ २०७९
मंगलवार, जेठ १७ २०७९
  • उपचारमा सहयोगार्थ सञ्चालित चिया स्टलबाट संकलन भएको रकम हस्तान्तरण

    भैरहवा, १७ जेठ ।
    स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपश्चात विजय र्यालीको क्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा भएको मिनीट्रक दुर्घटनामा परी घाइते भएकाहरुको उपचारका लागि अखिल नेपाल महिला संघ (अनेमसंघ) सिद्धार्थनगरले सञ्चालन गरेको सहयोग अभियानबाट संंकलित रकम हस्तान्तरण गरिएको छ ।

    images
    images
    images

    ‘मानवीय सेवा नै धर्म हो’ भन्ने सोचका साथ भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस)मा उपचाररत घाइतेहरुको उपचार खर्चमा केही राहत पुगोस् भन्ने उद्देश्यले अनेमसंघले चिया स्टल कार्यक्रम सञ्चालन गरेको थियो । बिहान साढे ५ बजेदेखि ८ बजेसम्म भैरहवाको बुद्धचोकमा चिया स्टल सञ्चालन गरिएको अनेमसंघ नगर सह–सचिव सृजना जोशीले बताइन् । घाइतेहरुको उपचारार्थ उक्त अभियान जेठ ११ देखि १३ गतेसम्म तीनदिन सञ्चालन गरिएको जोशीले जानकारी दिइन् ।बिरामीको उपचारमा सहयोगार्थ चियाको मूल्य ५० रुपैयाँ कायम गरिएको थियो ।

    उक्त अभियानबाट संकलित ५१ हजार रुपैयाँ मंगलबार एक कार्यक्रमकाबीच अनेमसंघले एमाले सिद्धार्थनगर कमिटीलाई हस्तान्तरण गरेको छ । एमाले नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापालाई उक्त रकम भैरहवास्थित पार्टी कार्यालयमा हस्तान्तरण गरिएको अनेमसंघ सिद्धार्थनगरकी अध्यक्ष पार्वती पौडेलले बताइन् । 

    कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य यज्ञजित शाहले अनेमसंघले रचनात्मक कार्य गरेको बताए । 

    अनेमसंघ सिद्धार्थनगर उपसचिव सिर्जना जोशीको स्वागत तथा सचिव दिलु कुंवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले रुपन्देही जिल्ला सदस्य तथा सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, अनेमसंघ रुपन्देही सह–सचिव विष्णु भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट निर्वाचित भएको टोली विजय र्याली मनाउने क्रममा दुर्घटनामा परी २४ जना घाइते भएका थिए । 


     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij