२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विवेक ब्लास्टर्सले जित्यो चित्रांश प्रिमियर लिगको उपाधि

सोमवार , मंसिर १, २०७७

भैरहवा, १ मंसिर ।
भैरहवामा सञ्चालित चित्रांश प्रिमियर लिग (क्रिकेट प्रतियोगिता)–२०७७ को उपाधि विवेक ब्लाष्टर्सले जितेको छ । फाइनल खेलमा मनिष अल्ट्रोनलाई ९ रनले पराजित गर्दै विवेक ब्लास्टर्सले प्रतियोगिताको उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ रोजेको विवेक ब्लाष्टर्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ६७ रनको योगफल बनायो । उसका लागि सौरभ लाभले ४६, गौरीशंकरलाल कर्णले ५ तथा नितेश कर्ण र विवेकानन्द मल्लिकले १/१ रनको योगदान गरे । बलिङमा मनिष अल्ट्रोनका अभिनास मल्ल्कि, सौरभ मल्लिक, मनिष दासले २/२ र मनिष चौधरीले १ विकेट लिए । 

जवाफमा मनिष अल्ट्रोनले १० ओभरमा ७ विकेटको क्षतिमा ५९ रन बनायो । उसका लागि मनिष चौधरीले १०, अभिनास मल्लिकले ९ र सौरभ मल्लिकले ६ रनको योगदान गरे । बलिङमा विवेक ब्लाष्टर्सका आनन्द लाल कर्ण र सौरभ लाभले ३/३ तथा नितेश कर्णले १ विकेट लिए ।

प्रतियोगितामा विवेक ब्लाष्टर्सका सौरभ लाभ म्यान अफ द म्याच घोषित भएको आयोजक संस्था चित्रांश युवा क्लब सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष शुभम कर्णले बताए ।

त्यस्तै लिगको म्यान अफ द सिरिज, बेष्ट ब्याटस्म्यान, बेष्ट बलर, मोस्ट सिक्सेज सौरभ लाभ घोषित भएका छन् । त्यसै गरी मोस्ट विकेट सौरभ लाभ र आनन्द लाल कर्ण घोषित भएका छन् ।

त्यस्तै पहिलो खेलमा आनन्द एटमलाई १४ रनले पराजित गर्दै मनिष अल्ट्रोन विजयी भएको थियो । टस जितेर व्याटिङ गरेको मनिष अल्ट्रोनले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ६२ रनको योगफल बनायो । उसका लागि सौरभ मल्लिकले १२, मनिष चौधरी (नटआउट)ले ९ र विकास मल्लिकले ८ रनको योगदान गरे ।

बलिङमा आनन्द एटमका प्रतिक मल्लिक, आशिष कर्ण र शंशाक मल्लिकले १/१ विकेट लिए । जवाफमा एटअमले १० ओभरमा ६ विकेट गुमाउँदै ४२ रन बनायो । उसका लागि आनन्द कर्णले २५, उदय कुमार मल्लिकले ६ र शुभम कर्णले २ रनको योगदान गरे । बलिङमा मनिष अल्ट्रोनका मनिष दासले २, सौरभ मल्लिक, विकास मल्लिक, मनिष चौधरी र अभिनाष मल्लिकले १/१ विकेट लिए । खेलमा मनिष अल्ट्रोनका सौरभ मल्लिक म्यान द म्याच घोषित भएको कार्यक्रम संयोजक सौरभ लाभले जानकारी दिए ।

त्यस्तै दोस्रो खेलमा गुड्डु ग्लेडियटर्सलाई ९ विकेटले पराजित गर्दै विवेक ब्लास्टर्स विजयी भएको थियो । टस जितेर व्याटिङ गरेको गुड्डु ग्लेडियटर्र्सले निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा ६१ रनको योगफल बनायो । उसका लागि सुरज कर्णले १९ र विशाल मल्लिकले १४ रन र प्रियाशुं मल्लिकले ९ रनको योगदान गरे ।

बलिङमा विवेक ब्लास्टर्सका गौरीशलाल कर्णले ३ र सौरभ लाभले २ विकेट लिए । जवाफमा विवेक ब्लास्टर्सले ७ दशमलव ५ ओभरमा १ विकेटको क्षतिमा ६२ रन बनायो । उसका लागि सौरभ लाभले ३८ र नितेश कर्णले ११ रनको योगदान गरे । बलिङमा गुड्डु ग्लेडियटर्सका रोशन मल्लिकले १ विकेट लिए । खेलमा विवेक ब्लास्टर्सका सौरभ लाभ म्यान अफ द म्याच घोषित भए ।

खेल नकआउट बेसिसमा खेलाइएको चित्रगुप्त युवा सेवा समिति रुपन्देहीका उपाध्यक्ष आनन्द कर्णले जानकारी दिए ।

चित्रांश प्रिमियर लिग प्रतियोगिताको आइतबार चित्रगुप्त युवा सेवा समिति रुपन्देहीका अध्यक्ष एवं मिसन दो करोड कायस्थ अन्तर्राष्ट्रिय लुम्बिनी प्रदेशका अध्यक्ष रत्नेश कुमार मल्लिकले व्याटिङ तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बलिङ गरेर उद्घाटन गरेका थिए । सि.न.पा.४ स्थित सुगरमिल खेल मैदानमा शनिबार भएको प्रतियोगिताको

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रत्नेश कुमार मल्लिकले चित्रांश परिवारबीच भाइचारा र आपसी सदभावलाई थप मजबुत बनाउने र खेलकुद क्षेत्रलाई अगाडी बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । त्यस्तै सि.न.पा.–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले चित्रांश परिवारले समाजमा गरेको योगदानको प्रशंसा गरे ।

प्रतियोगिताको विजेताहरुलाई सोमबार सि.न.पा.–६ स्थित चित्रगुप्त मन्दिरमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको चित्रगुप्त युवा सेवा समिति रुपन्देहीका सचिव विवेकानन्द मल्लिकले जानकारी दिए ।