२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

रुपन्देहीमा कोरोनाबाट निको हुनेको संख्या ६ हजार नाघ्यो

मंगलवार , मंसिर २, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा, २ मंसिर ।

    रुपन्देहीमा कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट निको हुनेको संख्या ६ हजार नाघेको छ । जिल्लामा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या ६ हजार १ सय ३५ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।

    त्यस्तै रुपन्देहीमा मंगलबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकाका १५, सिद्धार्थनगर नगरपालिकाका ५, तिलोत्तमा नगरपालिकाका ९, कञ्चन गाउँपालिका, देवदह  र सैनामैना नगरपालिकाका २/२ र लुम्बिनी सांस्कृतिक नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो संगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमितको संख्या ७ हजार ४ सय १३ पुगेको छ ।

    जिल्लामा १ हजार १ सय ९० कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा हालसम्म ८८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।