२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

घरमा बालिएको दियोबाट आगलागी 

मंगलवार , मंसिर २, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, २ मंसिर । 
    तिहारको बेला घरमा बालिएको दियोबाट अचानक आगलागी भएको छ । 

    सोमबार रुपन्देहीको कोटहीमाई गाउँपालिका–३, तेल्डिहवाका रामदास लोधको खरले छाएको दुईकोठे एकतल्ले कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।

    आगलागीबाट खाद्यान्न सामाग्री, लत्ताकपडा तथा नगद २ लाख गरी अन्दाजी ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । मानवीय तथा चौपाया क्षति नभएको प्रहरीको भनाइ छ ।