२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

वातावरण दिवसमा बुटवल उपमहानगर कार्यालय परिसरमा वृक्षरोपण

आइतवार , जेठ २२, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • बुटवल । विश्व वातावरण दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ।

    नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा अर्याल सहितको टोलीले कार्यालय परिसरमा वृक्षरोपण गरेको हो।

    त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले वातावरण र पर्यावरणको संरक्षणको लागि विश्व वातावरण दिवसको अवसर पारेर  बृक्षरोपण गरिएको बताए । उनले उपमहानगरले वातावरण र पर्यावरण संरक्षणलाई प्राथमिकतामा राख्ने बताए।

    दिवसका अवसरमा नगरपालिकाको कार्यालय परिसरका साथै बुटवलको ज्योतिनगर पहिलो क्षेत्र, शिवनगर सामुदायिक वनमा वृक्षरोपण गरिएको छ। शिवनगर सामुदायिक बनमा पञ्चतत्वका बिरुवा रोपिएको थियो।