
सोमवार , जेठ २३, २०७९
बुटवल, २३ जेठ ।
क्रिकेट खेल र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको बुटवल क्रिकेट विकास समितिको सोमबार बुटवलमा बसेको विशेष बैठकले पूर्व क्रिकेटर सोहन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रोमित बज्राचार्य, उपाध्यक्षमा अनिल सेञ्चुरी, सचिवमा पुनित पोख्रेल, सह-सचिवमा आयुष बोगटी, कोषाध्यक्षमा राजु राना र सह-कोषाध्यक्षमा समित बज्राचार्य सर्वसम्मत चयन भएका छन ।
समितिको अध्यक्ष नेत्र प्रसाद पौडेलको अध्यक्षतामा बसेको विशेष बैठकले नयाँ नेतृत्व चयनका साथै आगामी कार्ययोजना समेत बनाएको छ । एक हप्ताभित्र कार्यसमितिले पूर्णता पाउने उनले बताए ।
नवनिर्वाचित अध्यक्ष सोहन श्रेष्ठले नगरभित्रका खेलाडीहरुको तथ्याक संकलन गर्ने, पूर्वाधार विकासमा स्थानीय सरकारसंग समन्वय गर्ने प्रतिवद्धता जनाए । बुटवलमा क्रिकेट खेलको सम्भावनालाई मध्यनजर गरी यहाँ खेल पूर्वाधार विकाससँगै युवा खेलाडी उत्पादन गर्न विशेष कार्यक्रमहरु चलाउने उनले बताए ।
समितिको अगुवाईमा बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा एक मात्र क्रिकेट मैदानको निर्माणको पहिलो चरण पुरा गरेको सचिव पुनित पोख्रेलले बताए । त्यसै गरी प्रत्येक वर्ष विभिन्न प्रतियोगिताहरु समेत गर्दै आएको भन्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij