२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

वैवाहिक वर्षगांठको अवसरमा सियोना श्रेष्ठको उपचारका लागि सहयोग

बुधवार , मंसिर ३, २०७७

भैरहवा, ३ मंसिर । 
होटल पौवा, भैरहवाका प्रबन्धक विष्णु भण्डारीले आफ्नो प्रथम वैवाहिक वर्षगांठको अवसर पारेर सियोना श्रेष्ठको उपचारका लागि सहयोग गरेका छन् । 

स्पाइनल मस्कुलर एट्रोफी (एसएमई–१) रोगबाट पीडित नर्स एलिना गुरुङ र वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्दिप श्रेष्ठकी १५ महिने छोरी सियोनाको उपचारका लागि भण्डारीले १५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

वैवाहिक वर्षगांठको अवसर पारेर सियोनाको उपचारका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको भण्डारीले बताए । 

‘सामाजिक उत्तरदायित्व अन्तर्गत केही न केही गर्नुपर्छ भन्ने उद्देश्यले वैवाहिक वर्षगांठको अवसरमा रकम प्रदान गरेको हुँ, आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने प्रयास गर्नेछु, भण्डारीले भने ।’

बुधबार होटल पौवामा विष्णु भण्डारी र उनको श्रीमती आस्था ज्ञवालीले सियोनाका बाजे पूर्ण गुरुङलाई उक्त रकम हस्तान्तरण गरे । शालिन स्वभावका २९ वर्षिय भण्डारी विगत आधा दशकदेखि होटल पौवामा प्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी विभिन्न सामाजिक संघ–संस्थामा पनि आबद्ध छन् ।

पहिलो वैवाहिक वर्षगांठको अवसर पारेर उपचारको लागि सहयोग गर्ने कार्य प्रशंसनीय रहेको लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीका संस्थापक तृतीय उपाध्यक्ष मनोज क्षेत्री बताउँछन् ।

DSCF3572.JPGसियोनाको उपचारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने बताइएको छ । उनको उपचारको लागि सियोना श्रेष्ठ बचाउ अभियान सञ्चालन गरेर देश–विदेशबाट रकम संकलन भइरहेको छ । श्रेष्ठको उपचार अमेरिकामा भइरहेको छ । स्पाइनल मस्कुलर एट्रोफी एक प्रकारको जेनेटिक रोग हो । विशेष गरी यस रोगले बच्चाहरुको नशा र मासु सुकाउने गर्छ ।