२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

भलवारी ब्याड्मिन्टन क्लबद्वारा जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

बुधवार , जेठ २५, २०७९

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • तिलोत्तमा, २५ जेठ ।
    भलवारी ब्याड्मिन्टन क्लबले तिलोत्तमा वडा नम्बर ७ का नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । 
    क्लबका अध्यक्ष के.एन. सागर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा–७ का जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिइएको थियो । 

    क्लबको निर्माणाधिन ग्राउण्डमा कार्यक्रम सम्पन्न भएको क्लबका सचिव दिपेन्द्र रानाले जानकारी दिए । 

    वडाअध्यक्ष देवी प्रसाद पंगेनीले निर्माणाधिन ब्याड्मिन्टन कर्बडहल ५ वर्ष भित्रसम्म सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले खेलकुदको विकासका लागि वडास्तरबाट गर्न सकिने सहयोगलाई आफूले निरन्तरता दिने बताए ।