२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

१० दिनको समय एउटै दस्तावेज बनाउने काममा सदुपयोग होस् : मुख्यमन्त्री पोखरेल

बिहिवार , मंसिर ४, २०७७

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) स्थायी समिति सदस्य एवं  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा  सदुपयोग गर्न आग्रह गरेका छन्। 

    सामाजिक संजाल मार्फत आफ्नो विचार राख्दै उनले  पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा जोड दिएका छन्। 

    सचिवालय बैठकले प्रधामन्त्री समेत रहेका प्रथम अध्यक्षलाई  अर्को प्रस्ताव ल्याउन दिएको समयलाई उनले  पार्टी एकताले पूर्णता नपाउदै समानान्तर दस्तावेजको बाटो पार्टी  एकता तर्फको बाटो नभएको बताए। 

     १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा  सदुपयोग गर्न सचिवालयका सदस्यलाई  गंभीर बन्न उनले अनुरोध समेत गरे। 

     अन्यथा महासचिवको सार्वजनिक प्रस्तावले लखेट्न सुरुगर्ने मुख्यमन्त्री पोखरेलको धारणा छ ।