images

आइतवार, बैशाख २३ गते २०८१

‘मिथ्या सुचनाले लोकतन्त्र कमजोर’

‘मिथ्या सुचनाले लोकतन्त्र कमजोर’

images
images
images
शुक्रवार, जेठ २७ २०७९
शुक्रवार, जेठ २७ २०७९
  • ‘मिथ्या सुचनाले लोकतन्त्र कमजोर’

    बुटवल, २७ जेठ ।

    images
    images
    images

    मिथ्या सूचनाले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै सहि सूचना सम्प्रेषणमा आमसञ्चार र पत्रकारहरु जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 
    सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजना तथा युएसएआईडी र आइआर आईको सहयोगमा आज बुटवलमा भएको छलफलमा बोल्ने वक्ताहरुले मिथ्या सूचनाले लोकतन्त्रका स्तम्भहरुलाई कमजोर बनाउने बताएका हुन् ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सामाजिक सञ्जालले मिथ्या सूचनाहरु फैलाएको भन्दै आमसञ्चार माध्यम र पत्रकारहरुले त्यसो गर्न नहुने बताए । उनले मिथ्या सूचनाले समाजलाई भड्काउने र गलत ठाउँमा लैजाने भन्दै यसका लागि प्रदेश सरकारले पनि बजेट छुट्याउनुपर्ने बताए । 

    कार्यक्रममा सांसदहरु भोज प्रसाद श्रेष्ठ, रमा अर्याल, डा. कृष्ण प्रसाद न्यौपाने, दीपा विश्वकर्मा, बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले मित्थ्या सूचनाले सञ्चारमाध्यमको विश्वसनियता कमजोर हुने बताए ।

    उनीहरुले मिथ्था सुचनालाई पहिचान गर्नु पर्ने र त्यस्ता सुचनालाई निरुत्साहित गर्दै समाचार तथा सुचना प्रदान गर्दा तथ्य, तथ्याङक र घटनाक्रमलाई बिशेष ख्याल गर्नु पर्नेमा जोड दिए ।

    छलफलमा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, बुटवल उद्योग बाणिज्य संघका उज्जवल कसजु, पत्रकारहरु शेरबहादुर केसी, रेखा भुसाल, अमृता अनमोल, विनोद परियार लगाएतले बोल्दै मित्थ्या सूचना जो कसैले फैलाउन सक्ने भएकाले मूलरुपमा सञ्चारकर्मी र सञ्चारक्षेत्र जिम्मेवार हुनुपर्ने बताए ।

    छलफलमा सेन्टर फर मिडिया रिसर्च नेपालका तिलक पाठक, उज्जवल आचार्य, भुवन केसी, सिपि खनालले मित्थ्या सूचना, स्थानीय निर्वाचनमा लुम्बिनी प्रदेशको मिडियाको अवस्थाका बारेमा प्रस्तुती राखेका थिए।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij