२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लियो प्रोग्रेसिभ सिद्धार्थनगरको अध्यक्षमा राहुल रेग्मी

आइतवार , जेठ २९, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, २९ जेठ ।

    लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न साधारणसभाले वर्ष २०२२/२३ का लागि राहुल रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    क्लबको प्रथम उपाध्यक्षमा विवेक भण्डारी, द्वितीय उपाध्यक्षमा भरत कार्की, तृतीय उपाध्यक्षमा सुन्दर केसी, सचिवमा दीक्षा केसी, कोषाध्यक्षमा आशिष श्रेष्ठ, सह-सचिवमा सागर न्यौपाने र सह-कोषाध्यक्षमा मनिषा कार्की रहेको प्रमुख निर्वाचन अधिकृत तथा लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका संस्थापक अध्यक्ष शार्दुल मयुर कसौधनले बताए ।

    त्यस्तै जनसम्पर्क अधिकारी (पीआरओ)मा भोजराज ठकुरी, टेल ट्वीष्टरमा मिलन पौडेल, टेमरमा अंकित आचार्य, निर्देशकमा सुनिल खनाल, पुर्ण गरुङ, विजय अर्याल, संजय अधिकारी, डा. सृष्टि पछाई रहेको निर्वाचन मनोनयन अधिकृत सुनिल सेञ्चुरीले बताए ।

    त्यसै गरी कम्युनिटी चेयरपर्सनमा राहुल ठाकुर, गोकुल घिमिरे, गंगा जैसवाल, सिल्पा पोखरेल, सुस्मिता वि.क., रोहित सिंह, मनोज कंडेल, ध्रुव पन्थ, रिया सिंह ठकुरी र कमल घिमिरे रहेका छन् ।

    लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष कमल परियारको अध्यक्षता, प्रमुख निर्वाचन अधिकृत शार्दुल मयुर कसौधनको प्रमुख आतिथ्यता, निर्वाचन मनोनयन अधिकृत सुनिल सेञ्चुरी, सिद्धार्थनगर–१२ का निवर्तमान वडा सदस्य तथा लियो प्रोग्रेसिभ सिद्धार्थनगरका वरिष्ठ सल्लाहकार सरोज ठकुरी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।