२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सामाग्री हस्तान्तरण

शुक्रवार , मंसिर ५, २०७७

भैरहवा, ५ मंसिर । 
अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल बाल कल्याण संस्था सिद्धार्थनगर–७, रुपन्देहीले अनाथ आश्रमलाई सामाग्री तथा न्यानो कपडा हस्तान्तरण गरेको छ । 

संस्थाले शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनास अनाथ आश्रमलाई बेञ्च, टेबुल, नोटिस बोर्ड, डेस्क, स्टिल र्‍याक र जुत्ता राख्ने र्‍याक हस्तान्तरण गरेको हो । 

त्यस्तै संस्थाले लैंगिक हिंसा पीडित बालिकालाई नगद रु. ५ हजार र कपडा हस्तान्तरण गरेको बाल कल्याण संस्थाका महासचिव दिलिप मल्लिकले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एवं जिल्ला बालअधिकार समितिका अध्यक्ष एकराज विश्वकर्माले बाल दिवसको अवसरमा सामाग्री हस्तान्तरण बाल कल्याण संस्थाले सराहनीय कार्य गरेको बताए ।

त्यस्तै आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली, बाल कल्याण संस्थाका कोषाध्यक्ष एवं जिल्ला बाल अधिकार समिति सदस्य सुनिल कुमार त्रिपाठी, संस्थाका सदस्य नरसिंह चौधरी लगायतले बाल दिवसको बारेमा बोलेका थिए ।

बाल कल्याण संस्थाका अध्यक्ष शिव प्रसाद गौडेलको अध्यक्षता, कार्यक्रम संयोजक संगिता सिंह जि.सी.को स्वागत तथा दिलिप मल्लिकको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य दिपक श्रेष्ठ, अमृता गुरुङ, इनरह्वील क्लब अफ लुम्बिनीका निवर्तमान अध्यक्ष सीता भट्टराई लगायतको उपस्थिति रहेको थियो ।