शुक्रवार , मंसिर ५, २०७७
बुटवल। बुटवलमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको हो।
मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड २ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुगा नगरपालिका वार्ड १ का ६६ बर्षिय पुरुष रहेका छन् ।
उच्च रक्तचाप र मुटुको समस्या रहेका उनीहरुको उपचारका क्रममा मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकाका पुरुषमा यहि २ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने गुल्मीका पुरुषमा कार्तिक २८ गते कोरोना पोजेटिभ देखिएको थियो।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij