२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

काशी नोबल एकेडेमीमा बुद्धिचाल प्रतियोगिता

सोमवार , आषाढ ६, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, ६ असार ।
    काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीले बुद्धचाल (चेस) प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरुको बौद्धिक क्षमताको अभिवृद्धि र अन्तर्राष्ट्रिस्तरमै खेलाडी उत्पादन गरी राष्ट्रको नाम उचो पार्ने अभिप्रायले शनिबार प्रतियोगिता सम्पन्न गरिएको विद्यालयले जनाएको छ । विद्यालयस्तरबाट छनौट भएका उत्कृष्ट चार जना खेलाडीलाई मदन भण्डारी स्पोर्टस् फाइड रेटिङ चेस कम्पीटिशनमा सहभागि गराइनेछ ।

    जसमा प्रथम पुरस्कार रु. ३० हजार, द्वितीय पुरस्कार रु. २० हजार र तृतीय पुरस्कार रु. १० हजार प्रदान गरिने मदन भण्डारी केन्द्रीय चेस विभागका प्रमुख विजय गुरुङले बताए ।

    कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमी रुपन्देहीका अध्यक्ष विजय गुरुङ, लुम्बिनी चेस क्लबका अध्यक्ष सुमन श्रेष्ठ, सचिव शिखर रेग्मी, सदस्यद्वय जमिर अली, युवराज भण्डारीको उपस्थिति रहेको थियो ।