images

शनिवार, बैशाख १५ गते २०८१

ट्राफिक प्रहरीद्वारा ‘चालक तथा यात्रुसँग १ मिनेट’ कार्यक्रम संचालनमा

ट्राफिक प्रहरीद्वारा ‘चालक तथा यात्रुसँग १ मिनेट’ कार्यक्रम संचालनमा

प्रहरी चालक र यात्रुमैत्री नभएको यातायात व्यवसायीको आरोप

images
images
images
सोमवार, आषाढ ६ २०७९
सोमवार, आषाढ ६ २०७९
  • ट्राफिक प्रहरीद्वारा ‘चालक तथा यात्रुसँग १ मिनेट’ कार्यक्रम संचालनमा

    भैरहवा । सवारी दुर्घटना न्युनीकरण गर्नका लागि लुम्बिनी प्रदेश टाफिक प्रहरीले चालकसंग एक मिनेट कार्यक्रमको सुभारम्भ गरेको छ । 
    प्रदेशमा सवारी दुर्घटनाका घटनामा बृद्धि भएपछि प्रहरीले दुर्घटना न्युनीकरणका लागि चालकसंग एक मिनेट कार्यक्रम लागु गरेको हो ।

    images

    लुम्बिनी प्रदेश प्रहरी र लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले ‘चालक तथा याुत्रसँग १ मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ । दुर्घटना न्युनिकरण तथा सवारी नियमको सचेतना फैलाउने उद्देश्यले प्रदेशका सबै जिल्लाहरुमा अभियानका रुपमा कार्यक्रमको थालनी गरिएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।

    ‘चालक र प्रहरीसँग १ मिनेट’ कार्यक्रमको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक नल प्रसाद उपाध्यायले उदघाटन गर्नु भयो । बुटवलको राजमार्ग चौराहामा रात्री बसका चालक तथा यात्रुसँग भेटघाट गर्दै कार्यक्रमको थालनी भएको छ ।

    डिआईजि उपाध्यायले चालक तथा यात्रुसँग १ मिनेट कार्यक्रमको अभियानले सवारी दुर्घटनामा न्युनीकरण गर्ने बिश्वास व्यक्त गरे ।

    अभियानको शुभारम्भ गर्दै बुटवलबाट काठमाडौ तथा पश्चिम छुटेका रात्री बसमा चढेर ट्राफिक प्रहरीका बरिष्ठ सहायक निरिक्षक ज्ञानु पाण्डे लगाएतले चालक र यात्रुलाई सवारी नियम तथा आउन सक्ने समस्याहरुका बारेमा जानकारी दिएका थिए ।

    नथबलग.jpg

    डीआईजी उपाध्यायले लामो दुरीको सवारी चालकलाई केहि समय आराम, रिफ्युल भर्ने र सवारी साधनको मर्मत सम्भार समेत गर्न मिल्ने गरि प्रदेशको ४ स्थानमा रिफ्रेस सेन्टर संचालनमा आएको पनि जानकारी दिए ।

    पश्चिम नेपाल यातायात प्रालीका अध्यक्ष दधिराम खरेलले जरिवना असुली मात्र  दुर्घटना न्युनिकरण गर्ने माध्यम हुन नसक्ने बताउँदै ट्राफिक प्रहरी यात्रु र चालकमैत्री बन्नु पर्नेमा जोड दिए ।

    बसमा सवार यात्रुहरुले भने दुर्घटनाको प्रमुख कारण चालक र सहायक कारणमा यात्रु स्वयम भएको बताएका छन् । यात्रु बिकास नेपालले दुर्घटना न्युनीकरणका लागि सबैको भुमिका रहेको बताए ।

    दुर्घटना बाजा बजाएर नआएने भएकाले सचेतना नै दुर्घटना न्युनिकरणको प्रमुख उपाय हो । दुर्घटना न्युनिकरणका लागि प्रहरीले शुरु गरेको अभियानलाई सबैले सहयोग गर्न जरुरी देखिन्छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij