२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रोटरी क्लब अफ बुटवलको १३३९ औं बैठक

कोभिड–१९ को अवस्थाबारे जानकारी

शनिवार , मंसिर ६, २०७७

बुटवल, ६ मंसिर । 
रोटरी क्लब अफ बुटवलको १३३९ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत डा. पुष्पराज पौडेल अतिथी वक्ताको रुपमा सहभागी भएका थिए ।

त्यस अवसरमा उनले लुम्बिनी प्रदेश सरकारले कोभिड–१९ को उपचार, संक्रमण रोकथाम र नियन्त्रणमा चालेका प्रयासबारे जानकारी गराएका थिए । उनले लुम्बिनी प्रदेशमा हालसम्म २२ हजार २६७ जना कोरोना संक्रमित भएको, १९ हजार २५१ जना निको भएको र २५१ जनाको मृत्यु भएको जानकारी दिए । त्यस्तै २ हजार ८६२ जना सक्रिय संक्रमित रहेको पनि उनले जानकारी दिए ।

सूचना अधिकृत पौडेलले लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा हालसम्म २३ करोड १८ लाख ७४ हजार रुपियाँ जम्मा भएकोमा २१ करोड ८४ लाख १० हजार रुपैयाँ खर्च भएको बताए । प्रदेश सरकारले कोभिड विशेष अस्पताल, आइसोलेशन सेन्टरहरु निर्माण गरी कोरोनाको उपचार र व्यवस्थापन गरिरहेको भन्दै उनले सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्ने हो भने कोभिड–१९ नियन्त्रण गर्न सकिने बताए ।

त्यस अवसरमा रोटरी क्लब अफ बुटवलका प्रेसिडेन्ट नोमिनी बोनिन पिया, सचिव रोम शर्मा, कोषाध्यक्ष खिमनारायण पराजुली, पूर्व अध्यक्ष पुरन श्रेष्ठ र मणिरत्न पाण्डेले विभिन्न जिज्ञासा राखेका थिए । 

रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको भर्चुअल बैठकमा सचिव रोम शर्माले अघिल्ला बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष खेमनारायण पराजुली, करुण खनाल, सावि विश्वकर्मा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।