
सोमवार , आषाढ ६, २०७९
भैरहवा । सियारी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ; समृद्ध सियारीको मूल आधार भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले एघारौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाले कृषिलाई आर्थिक समृद्धिको मेरुदण्ड मान्दै व्यवसायिक कृषि पेशालाई अबलम्बन गर्दै आत्मनिर्भर बन्न प्रेरित तगर्ने गरी कार्यक्रम लिएको बताउदै अध्यक्ष घिमिरेले कृषिलाई आधुनिकिकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्ररित गर्ने नीति लिएको बताए ।
पालिकाले दुध उतपादन, माछा तथा मकै खेतीमा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने तथा किसानको लागत मुल्य प्राप्तीको सुनिष्चितताको लागि कार्यक्रम ल्याईने उल्लेख गरिएको छ।
कार्यक्रममा एक गाउँ, एक उत्पादन, प्रत्यक बडामा सिड बैक स्थापना लगाएतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । एक स्थानीय तह, एक नमुना उत्पादन, कृषक तथा उद्धमी, आर्थिक विकासका सारथी लगाएतका कार्यक्रमलाई प्रभावकारी ढङगले लागु गरिने नीति लिएको अध्यक्ष घिमिरेले बताए।
सियारीमा पाहुना घरको विकासमार्फत ग्रामिण पर्यटन प्रवद्धन गरिने तथा होमस्टेमा स्थानिय भेषभुषा, सस्कृति, मौलिकता र परम्परागत पेशा उजागर गरिने बताए ।
सियारीले माध्यामिक बिद्यालयहरुमा डिजिटल ह्वाईटबार्ड मार्फत पठनपाठनलाई डिजिटलाईज गर्दै लगिने तथा ५० प्रतिशत साझेदारिमा एक शिक्षक, एक ल्यापटप कार्यक्रम संचालन गरिने कार्यक्रम ल्याएको छ। साथै सबै बिदालयहरुमा एकै किसिमको रंगरोहन गरिने तथा एक बिदालय ः एक उद्यान कार्यक्रमलाई जोड दिईने बताईएको छ ।
सियारी गाउँपालिका भित्र स्थायी बसोबास भएका सुत्केरी महिलाहरुलाई कार्यविधि बनाई श्रावण १ गते देखि उपाध्यक्ष सुत्केरी पोषण प्रोत्साहन कार्यक्रम संचालन गरिने नीति लिइएको छ ।
त्यसैगरी सफा र सुन्दर सियारी बनाउन मेरो गोजि, मेरो पहिलो डस्टविन अभियान संचालन गरिने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख गरिएका छन् । सो अवसरमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले स्वागत मन्तव्य राख्दै गाउँसभा र बैठक सञ्चालन कार्यबिधी बारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन पालिकाका लेखा अधिकृत नारायण प्रसाद पौडेलले गरेका थिए । सो अवसरमा गाउँपालिका उपाध्यक्ष तारा थारु ,वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागीता थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij