२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

जनउत्थान सहकारीको आयोजनामा रक्तदान

शनिवार , मंसिर ६, २०७७

भैरहवा, ६ मंसिर । 
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५ कोटिहवा, रुपन्देहीको आयोजनामा शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जनउत्थान साकोस अन्तर्गत सिस्टर्स क्लबको आयोजनामा भएको ३२ औं रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेको सहकारीका व्यवस्थापक रन बहादुर थापाले बताए । संस्थाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक सामाजिक क्रियाकलाप अन्तर्गत कार्यक्रम सम्पन्न भएको थापाले जानकारी दिए ।

सहकारीका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । । 

कार्यक्रममा रक्तदाताहरुलाई जनउत्थानको तर्फबाट एक÷एक वटा जनउत्थान तरकारी प्याक उपलब्ध गराइएको थियो । रक्तदान कार्यक्रम संस्थाले प्रत्येक वर्ष साउन, मंसिर र चैत्र महिनामा नियमित रुपमा गर्दै आएको सचिव सरु रानाले जानकारी दिइन् ।