images

शुक्रवार, चैत्र १६ गते २०८०

चैत १५ गते वडा कार्यालय भवनको उद्घाटन, काम अझै पुरानै कार्यालयबाट

चैत १५ गते वडा कार्यालय भवनको उद्घाटन, काम अझै पुरानै कार्यालयबाट

images
images
images
बुधवार, आषाढ ८ २०७९
बुधवार, आषाढ ८ २०७९
  • चैत १५ गते वडा कार्यालय भवनको उद्घाटन,  काम अझै पुरानै कार्यालयबाट

    भैरहवा, ८ असार ।

    images
    images
    images

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवनको गत २०७८ चैत १५ गते उद्घाटन भयो । तर उद्घाटन भएको झण्डै ३ महिना बित्न लाग्दा समेत काम भने पुरानै वडा कार्यालयबाट भइरहेको छ । सिद्धार्थनगर–६ स्थित पिपरहियामा निर्माण गरी उद्घाटन भइसकेको कार्यालयबाट अझैसम्म वडाबासीले सेवा लिन पाएका छैनन् । आफ्नै वडाबाट पाउनुपर्ने सेवाका लागि वडाबासी सिद्धार्थनगर–५ स्थित पुरानै वडा कार्यालयमा जान बाध्य छन् । 

    गत चैत १५ गते ६ नम्बर वडा कार्यालय तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको तत्कालिन नगरप्रमुख हरिप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । स्थानीय तहको निर्वाचनको १५ दिन अघि उद्घाटन भएको कार्यालय निर्वाचन सम्पन्न भएपश्चात निर्वाचित जनप्रतिनिधिले पुरानै वडा कार्यालयमा पदभार ग्रहण गर्दै त्यहीबाट नै कार्यसम्पादन गरिरहेका छन् ।

    वडाबासी विवेकानन्द मल्लिक निर्वाचनको मुखमा हतारहतारमा वडा कार्यालय उद्घाटन गरिए पनि अहिलेसम्म उक्त कार्यालयबाट सेवाग्राहीले सेवा पाउन नसक्नु दुःखद भएको बताए । उनले भने, ‘अहिलेसम्म सेवा सञ्चालन गर्न नसक्ने भए उद्घाटन गर्न किन हतार गरियो ? निर्वाचित जनप्रतिनिधि यस विषयमा गम्भिर हुनुपर्ने उनको भनाइ छ ।

    सिद्धार्थनगर–६ निवासी रवि कुमार रौनियारले चैत १५ गते नै उद्घाटन भएको वडा कार्यालयबाट अझैसम्म सेवाग्राहीले किन सेवा पाउन सकेनन् भन्दै प्रश्न गरे ।

    यस विषयमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले कार्यालय उद्घाटनको समयमा केही प्रतिशत काम बाँकी रहेका कारण नयाँ भवनको उद्घाटन भए पनि काम पुरानै कार्यालयबाट गर्नुपरेको बताए । उनका अनुसार कार्यालय भवन उद्घाटन गर्दा १० प्रतिशत काम बाँकी नै थियो । हाल झण्डै तीन महिना हुन लाग्दा पनि अन्य काम सकिए तापनि विद्युत जडानको काम अझै बाँकी रहेकाले विद्युतको काम सम्पन्न भएपछि कार्यालयको काम नयाँ भवनबाट सुरु हुने वडाअध्यक्ष श्रीवास्तवले बताए ।
     

    received_560120645824185.jpeg
    उद्घाटन भइ सञ्चालनमा नआएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij