images

बिहिवार, चैत्र १५ गते २०८०

रुपन्देहीमा महिला हिंसाका घटनामा वृद्धि, परिवारबाटै असुरक्षित बन्दै महिला 

रुपन्देहीमा महिला हिंसाका घटनामा वृद्धि, परिवारबाटै असुरक्षित बन्दै महिला 

images
images
images
शुक्रवार, आषाढ १० २०७९
शुक्रवार, आषाढ १० २०७९
  • रुपन्देहीमा महिला हिंसाका घटनामा वृद्धि, परिवारबाटै असुरक्षित बन्दै महिला 

    भैरहवा, १० असार ।

    images
    images
    images

    गत जेठ ३१ गते तिलोत्तमा नगरपालिका–६ मा २५ वर्षिय सुविना गिरी मृत अवस्थामा फेला परिन् । सुविनाको तिलोत्तमा–६ स्थित पश्चिमपहुनीमा रहेको मिलन फेमिली रेष्टुरेण्टको कोठामा जेठ ३१ गते राती १ बजे झुण्डिएको अवस्थामा फेला परेको थियो । 
    झुण्डिएको अवस्थामा फेला परेकी सुविनालाई उनका श्रीमान् सञ्जयले क्रिमसन अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याएपछि मात्रै सञ्जयले सुविनाका आफन्तलाई खबर गरेका थिए । झुण्डिएको अवस्थामा फेला परेकी सुविनाले आत्महत्या नगरी हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

    सुविनाका परिवारले सुविनाले आत्महत्या गरेको बताउँदै आए पनि पोष्टमार्टम रिर्पोटले भने उनको घाँटी थिचेर हत्या गरिएको देखाएको छ । सुविनाको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ ।

    सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका (१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भइ मामाघर बस्दै आएका भान्जा २१ वर्षीय कुशल गिरीविरुद्ध ईलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो । 

    पोष्टमाटम रिपोर्टमा घाँटी थिचेर झुण्डिएको खुलेपछि सुविनाका अभिभावकले किटानी जाहेरी दिएको बताएका छन् । सोही जाहेरीका आधारमा सञ्जय र कुशललाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

    सुविनाको हत्या महिला हिंसाको चरम रुपको रुपमा देखा परेको महिला अधिकारकर्मी ज्ञानु पौड्याल बताउँछिन् । होटलमासँगै बसेका बेला कोही पनि आत्महत्या गर्न खोजे त्यसलाई रोक्न सकिन्छ, सुरुवाती बयानमा आत्महत्या गरेकाले अस्पताल पुर्याएको बताए पनि पोष्टमार्टम रिर्पोटले घाँटी थिचेर हत्या गरेको प्रमाणित गरेको छ, अधिकारकर्मी पौड्यालले भनिन,  सुविनाको न्यायका लागि घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्छ । ’

    सुविनाको घटनाको विषय त एउटा उदाहरण मात्र हो । रुपन्देहीको तिलोत्तमा–२ जानकीनगरकी अमृता खत्री टण्डनको ७३ दिन अगाडि शंकास्पद मृत्यु भएको थियो । माइतीबाट घर गएको आधा घण्टामै अमृताको मृत्यु हुनुले उनको मृत्यु शंकास्पद रहेको बताउँदै माइती पक्षले कडा कानूनी कारवाहीको माग गरेको छ । मृत्यु भएको ७३ दिनपछि मात्रै माइती पक्षले उनको अन्तिम संस्कार गर्ने सहमति गरेका छन् । अमृताको मृत्यु पनि परिवारको चरम हिंसाको रुप भएको अधिकारकर्मी पौड्यालले बताइन् । टण्डनको मृत्यु परिवारले दिएको चरम हिंसाका कारण घटेको वा परिवारकै सदस्यले घटाइएको घटना हुन सक्ने उनको भनाइ छ । 
    रुपन्देहीमा पछिल्लो समय महिला हिंसाका घटनामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्यांकअनुसार जबरजस्ती करणी, जबरजस्ती करण उद्योग, बहुविवाह र घरेलु हिंसाका घटनामा वृद्धि भएको छ । 

    आर्थिक वर्षको जेठ मसान्त सम्ममा रुपन्देहीमा जबरजस्ती करणीका ५५ वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् । २०७६/०७७ मा ६३ वटा घटना दर्ता भएकोमा २०७७/०७८ मा ८० वटा घटना दर्ता भएको तथ्यांकमा उल्लेख छ । 

    त्यस्तै जबरजस्ती जबरजस्ती करणी उद्योगका घटनामा पनि वृद्धि भएको छ । २०७६/०७७ मा १७ वटा घटना दर्ता भएकोमा २०७७/०७८ मा बढेर २३ वटा पुगेको देखिन्छ । यता आर्थिक वर्षको जेठ मसान्तसम्म नै २२ वटा जबरजस्ती करण उद्योगका घटना दर्ता भएका छन् । 

    बहुविवाह  र घरेलु हिंसाका घटनामा पनि वृद्धि भएको देखिन्छ । २०७६/०७७ मा बहुविवाहसम्बन्धी २२ वटा घटना रहेकोमा २०७७/०७८ मा केही घटेर १३ मा भए पनि २०७८/०७९ को जेठ मसान्तसम्ममै १५ वटा घटना प्रहरीमा दर्ता भएका छन् । घरेलु हिंसाका घटनामा भने निकै वृद्धि भएको देखिन्छ । २०७६/२०७७ मा ३७८ वटा घरेलु हिंसाका घटना रहेकोमा २०७७/०७८ मा बढेर ४८३ वटामा पुगेको थियो । आर्थिक वर्षको जेठसम्ममा ४४३ वटा घटना प्रहरीमा दर्ता भएको देखिन्छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij