images

बिहिवार, बैशाख १३ गते २०८१

कोटहीमाईमा निजी तथा कृषि वन प्रवर्द्धन तालिम 

कोटहीमाईमा निजी तथा कृषि वन प्रवर्द्धन तालिम 

images
images
images
शनिवार, आषाढ ११ २०७९
शनिवार, आषाढ ११ २०७९
  • कोटहीमाईमा निजी तथा कृषि वन प्रवर्द्धन तालिम 

    भैरहवा, ११ असार ।
    रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा एकदिने निजी तथा कृषि वन प्रवर्द्धन तालिम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय रूपन्देहीको सहयोग तथा निजी वन व्यवस्थापन संजाल रूपन्देहीको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।

    images

    ‘रूख रोप वन जोगाउ, निजी वन आफ्नो धन’ नाराका साथ सम्पन्न तालिममा २७ जनाको सहभागिता रहेको थियो । निजी जग्गामा कृषि वन बढाउने उद्देश्यका साथ तालिम सम्पन्न भएको निजी वन ब्यवस्थापन संजालका सचिव तथा तालिमका प्रशिक्षक अवधेश बरईले बताए ।

    निजी वन ब्यवस्थापन संजाल रूपन्देहीका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीको अध्यक्षता तथा कोटहीमाइ वडा नम्बर ५ का वडाअध्यक्ष संजय सैनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष पवन यादव, कोटहीमाई गाउँपालिकाका कम्प्यूटर अपरेटर सनोज चौधरी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा प्रमुख अथिति सैनीले वन जीवनउपयोगी रहेको भन्दै सबैलाई रोप्न र जोगाउने अभियानमा लाग्न आग्रह गरे । उनले कोटहीमाई गाउँपालिकाले निजी वनका निम्ति तारबारका लागि लागतको ५० प्रतिशत तथा सार्वजनिक जग्गामा रूख रोप्नेलाई शतप्रतिशत लागत सहयोग गर्ने निर्णय गरेको बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij