२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देहीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतवार , मंसिर ७, २०७७

भैरहवा, ७ मंसिर । 
टिप्परको ठक्करबाट रुपन्देहीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–३ का ३३ वर्षिय मान बहादुर सोती रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले जानकारी दिए । 

आइतबार दिउँसो साढे ३ बजे बुटवल उपमहानगरपालिका–९ बसपाकस्थित सिद्धार्थ राजमार्गमा चौराहाबाट बसपार्कतर्फ आउँदै गरेको लु ११ प ४२१६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको लु २ ख १९०५ नम्बरको ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको खत्रीले बताए । 

टिप्परको ठक्करबाट घाइते भएका सोतीको उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लागिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर र चालक प्रहरी नियन्त्रणमा छन् ।