२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

राईजिङ स्टार तेक्वान्दो क्लब गठन

बुधवार , आषाढ १५, २०७९

भैरहवा, १५ असार ।
खेलकुदको माध्यमबाट युवाहरुलाई स्वस्थ्य, अनुशासित बनाउने उद्देश्यले राईजिङ स्टार तेक्वान्दो क्लब गठन गरिएको छ । समाजसेवी संजीब शर्मा रेग्मीको अध्यक्षतामा सिद्धार्थनगर–१२ मा उक्त क्लब गठन गरिएको हो । 

क्लबको उपाध्यक्षमा समिर थापा, सचिवमा रामप्रसाद कहार र कोषाध्यक्षमा पदम सुवेदी रहेका छन् । त्यस्तै सदस्यहरुमा रामप्रसाद सापकोटा, भेषराज बस्याल र राजुु गुुरुङ रहेका छन् । नवगठित क्लबको सल्लाहकारमा गोविन्द प्रसाद बस्याल, हरिराज विष्ट र श्यामशंकर पाण्डे रहेको सचिव रामप्रसाद कहारले जानकारी दिए । क्लबले वडा नम्बर १२ मा तेक्वान्दो खेलका गतिविधिलाई अगाडि बढाउने जनाएको छ ।