२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सुनवल नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना

आइतवार , मंसिर ७, २०७७

परासी, ७ मंसिर । 
सुनवल नगरपालिका कार्यालयमा हेल्प डेस्क स्थापना भएको छ । यूएसआइडी तयार नेपालको आर्थिक सहयोग तथा हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) र सुनवल नगरपालिकाको सहकार्यमा सूचना र सेवा प्रदान गर्ने उद्देश्यले एक कार्यक्रमबीच सो नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।

उक्त नागरिक सहायता कक्षलाइ सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाले औपचारिकता प्रदान गर्दै आइतबारदेखी सञ्चालनमा ल्याएका हुन् ।

उक्त सहायता कक्षबाट कोभिड–१९ सम्बन्धि सचेतनामूलक सूचनाहरु प्रवाह गर्ने नगरपालिकाबाट प्रदान गरिने सेवाहरु सम्बन्धि जानकारी प्रदान गर्दै सहजीकरण समेत गर्ने उद्देश्य रहेको छ ।

हेल्प डेस्कका लागि आवश्यक सामाग्री कम्प्युटर, टि.भि. र अन्य जिन्सी सामाग्रीहरु यूएसआइडी तयार कार्यक्रम फिल्ड अफिसर छबिलाल सुनार र आर्थिक पुनर्लाभ कार्यक्रम सम्योजक शुक्रराज ओझाले सुनवल नगरपालिकाका नगरप्रमुख थापालाई हस्तान्तरण गर्नुभएको हिकोडेफ प्राईभेट सेक्टर इनगेजमेन्ट अफिसर दिपेश सिग्देलले जानकारी दिए । हेल्प डेस्कको व्यवस्थापन नगरपालिकाले गर्नेछ ।
 
सुनवल नगरप्रमुख थापाले हेल्प डेस्कबाट कोभिड तथा अन्य विपत्तिको समयमा नागरिकहरुले जानकारी तथा सेवा लिने र हेल्प डेस्कको दिगोपनाका लागि नगरपालिकाले भरपुर सहयोग गर्ने बताए । उनले यसबाट नागरिकहरु बढी लाभान्वित हुने र यो निकै प्रभावकारी रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममाथी यूएसआइडी तयार कार्यक्रम फिल्ड अफिसर छबिलाल सुनारले प्रकाश पारेका थिए । आर्थिक पुनर्लाभ कार्यक्रम संयोजक शुक्रराज ओझाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।