२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पूर्व गृहराज्यमन्त्री कंडेलद्वारा २७ सय बढी विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण 

आइतवार , मंसिर ७, २०७७

परासी, ७ मंसिर । 
नवलपरासीका ५ स्थानीय तहका १४ सामुदायिक विद्यालयमा अध्ययन गर्ने २ हजार ७ सय ६८ विद्यार्थीहरुलाई स्कुल ब्यागसहित शैक्षिक सामाग्री वितरण गरिएको छ । चाइना फाउण्डेशनको सहयोग, राष्ट्रिय अपाङ्ग पुर्नस्थापन समाज काठमाडौंको व्यवस्थापन तथा प्रतिनिधिसभा सदस्य  एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलको विशेष पहलमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
जिल्लाका ५ स्थानीय तहका १४ सामुदायिक बिधालयमा अध्ययन गर्ने कक्षा १–५ सम्मका २ हजार ७ सय ६८ छात्रछात्रालाई स्कुल ब्याग तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

सांसद कंडेलले जेहेन्दार छात्रछात्रालाई विद्यालय जान उत्साहित गर्न र शैक्षिक सामाग्री सहज रुपमा विद्यालयमा लिन तथा विद्यार्थीहरुलाई अध्ययनप्रति रुचि जगाउने उद्देश्यले ब्वग सहयोग गरेको जानकारी दिए । कंडेलले उपस्थित सम्पूर्ण छात्रछात्राहरुलाई शिक्षाको महत्वको बारेमा जानकारी गराउँदै विद्यालय बाहिर रहेका गाउँ घरका अन्य बालबालिकाहरुलाई पनि विद्यालय जान प्रेरणा दिन अनुरोध गरेका थिए । आफू विगतदेखि नै सामाजिक काम गर्दै आएको र निरन्तर रुपमा सामाजिक काममा अग्रसर हुने सांसद कंडेलले बताए ।

शैक्षिक सामाग्री वितरण कार्यक्रम अन्तर्गतको  आइतबार पहिलो चरणमा  जगन्नाथ मा.वि, सुनवल–१२, धान्याञ्चल मा.वि, सुनवल–१३, जनज्योति प्रा.वि, सुनवल–७, ज्योती मा.बि सुनवल–७, जनता मा.वि, रामग्राम–१४,जनता मा.वि.,रामग्राम–१५, बुद्ध ज्योती प्रा.वि, रामग्राम–१६, हरि सुशील प्रा.वि,रामग्राम–३ गरी ८ सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको थियो । 

त्यस्तै बाँकी रहेका उत्तम बालहित मा.वि, रामग्राम–७, शिव प्रा.वि.,पाल्हिनन्दन–२,मदरशा गौशिया प्रा.वि.सरावल–४, महेन्द्र मा.वि.,सरावल–३,  सुबन्षी कन्या मा.वि., सरावल–२ गरी ६ वटा  सामुदायिक विद्यालयमा सोमबार (भोलि) वितरण गरिने शैक्षिक सामाग्री आगामी दिनमा पनि निरन्तरता दिने कार्यक्रम रहेको प्रतिनिधिसभा सदस्य कंडेलका स्वकीय सचिव कमल किशोर रायमाझीले बताए ।

प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलको प्रमुख आतिथ्यता ,लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य बैजनाथ जैसवाल, जिल्ला समन्वय नवलपरासीका प्रमुख शिव शंकर राय, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु पौडेल, रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुंवर, सम्बन्धित वडा जनप्रतिनिधि, राजनैतिक दल प्रतिनिधि, तथा सम्बन्धित विद्यालय शिक्षक तथा अभिभावकहरुको उपस्थित रहेको रायमाझीले वताए ।

अतिविपन्न बालबालिकालाई सहयोग गरेको शैक्षिक सामग्री तथा स्कुल व्याग वितरणले विद्यार्थीहरुलाई नियमित रुपमा विद्यालय आउनमा ठुलो उत्प्रेरणा जगाएको र उपलब्ध गराइदिएकोमा सांसद कंडेललाई विद्यालयका शिक्षकशिक्षिकाहरुले ठुलो सहयोग गरेको भन्दै धन्यवाद समेत दिए ।