२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ हुँदै

सोमवार , मंसिर ८, २०७७

भैरहवा, ८ मंसिर । 
विश्वभरका दुई हजार भन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पस, रुपन्देहीमा आयोजना हुने भएको छ । 

पक्लिहवा कृषि क्याम्पसमा कृषितर्फ स्नातक तहमा अध्ययनरत विद्यार्थी विपिन रिजाल ‘हल्ट प्राइज’ पक्लिहवा क्याम्पसको निर्देशक छनोट भएसंगै कृषि क्याम्पसका विद्यार्थीहरुको लागि विश्वभरीका विद्यार्थीहरुसंग प्रतिष्पर्धा गर्ने र आफु उद्यमी बन्ने सपना पुरा गर्ने ढोका खुलेको हो ।

के हो  हल्ट प्राइज ?

एउटा विचारले लाखौँ मानिसहरुलाई प्रभावित (सकारात्मक) बनाउन सकोस्, जसले मानिसले प्रत्यक्ष भोगेका समस्याहरुको समाधान पनि गरोस्, त्यस्तो विचारको विश्वव्यापी प्रतिष्पर्धा हो ‘हल्ट प्राइज प्रतिष्पर्धा’ ।

विश्वभरीबाट सहभागी हुने यस कर्यक्रममा करिब १२१ देशका २ हजार ५ सय भन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरुले भाग लिने उक्त कार्यक्रम हल्ट फाउण्डेशन, हल्ट इन्टरनेशनल बिजनेश स्कुल र संयुक्त राष्ट्र संघले संयुक्त  रुपमा आयोजना गरेको हो ।
सन् २००९ मा अहमद अस्करा हल्ट प्राइजको संस्थापक सि.इ.ओ को कार्यरत छन् । ‘एक बालक एक ल्याप्टप’ को लेक्चरबाट ८०० ‘चार्ल्स केन’ ले सन् २००१ मा व्यापारिक प्रतिष्पर्धीको अवधारणा भित्र्याए जुन सामाजिक उद्यमशीलताको माध्यमबाट विश्व समस्या समाधान केन्द्र हुन्छ ।

विश्वमा बिद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइज उर्जावान विद्यार्थी युवाहरुको लागी एक सुनौलो अवसर हो, जो समाजमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति एक सफल र सामाजिक उद्यमी हुन कोशिस गर्दछन् । अहिलेसम्म शिक्षा, बिजुली, पानी, खाद्य सुरक्षा र यस्तै अन्य किसिमका चुनौतीहरूमा आधारित रहि अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनले हरेक वर्ष कुनै एक चुनौतीका निम्ति विषयवस्तु रोज्ने गरेका छन् । हरेक वर्ष चुनौतीहरु संयुक्त राष्ट्र संघको दिगो विकासमा आधारित रहेर घोषणा गरिन्छ ।

हल्ट पुरस्कार एक अन्तर्राष्ट्रिय खुलाप्लेट फर्म पनि हो जसले विद्यार्थीहरुलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन अवसर दिन्छ । यो प्रतिष्पर्धाका विजेता विद्यार्थीहरूका लागि १ मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ । यो युवाहरुको सञ्जाल हो जस्ले युवा पुस्तालाई समाज र विश्व परिवर्तन गर्न उत्प्रेरित गर्छ । यो विद्यार्थीहरुको लागि संसारकै ठुलो प्रतिष्पर्धा हो ।

कसरी र कस्तो विषय हुनेछ ?

हरेक वर्ष हल्ट प्राइज फाउण्डेसनले ‘दिगो विकासका लक्ष्यमा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै ‘चुनौती र विषय’ घोषणा गर्दछ र उक्त विषय भित्र रहेर प्रतियोगीहरु आफ्नो व्यापार आइडियासहित प्रस्तुत हुनुपर्छ । यो वर्षको चुनौती र विषय ‘फुड फर फुड’ घोषणा भइसकेको छ र प्रतियोगीहरुले सोही विषयमा आधारित भएर आफ्नो उद्यमशिलता विचार प्रस्तुत गर्नुपर्ने हुन्छ ।

प्रतियोगी कति हुने गरेका छन् ?

विश्वभरीबाट सहभागी हुने यस कार्यक्रममा १२१ देशका २ हजार ५ सय बढी विश्वविद्यालयहरुबाट ३ लाख बढी विद्यार्थीले सहभागिता जनाउने गरेका छन् ।

कसरी हुन्छ कार्यक्रम ?

यस कार्यक्रममा कृषि तथा पशु विज्ञान अध्ययन संस्था पक्लिहवा कृषि क्याम्पसमा पहिलो पटक आयोजना हुन गइरहेको छ । पक्लिहवा क्याम्पस, रुपन्देही क्याम्पस, यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र साई ग्लोबल गरी ४ क्याम्पसको संयुक्त आयोजनामा साथ प्रतियोगिता सम्पन्न गराउनेमा आयोजक विश्वस्त छन् । प्रत्येक क्याम्पस अथवा विश्वविद्यालयहरुमा हुने प्रतियोगिता अथवा सामाजिक आन्दोलनलाई ‘अन क्याम्पस प्रोग्राम’ को नाम दिएको छ । ‘अन क्याम्पस प्रोग्रामको’ विजेताले रिजनल’ का लागि प्रतिष्पर्धा गर्नेछन् । प्रतिष्पर्धीहरुका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरु आयोजना गरिने जानकारी हल्ट प्राइजका क्याम्पस निर्देशक विपिन रिजालले जानकारी दिए । यो प्रतियोगितामा स्नातक र स्नातकोत्तर अध्ययनरत ३÷४ जना विद्यार्थीहरुको समूहले भाग लिन सक्छ्न । (४ भन्दा बढी विद्यार्थीहरूको समूह मान्य हुनेछैन्) ।

उनले भने ‘चारवटै क्याम्पसका प्रमुख, केही प्रतिनिधि पदाधिकारी र सरोकारवालासँग भर्चुअल मिटिङ भइ हुन गइरहेको कार्यक्रमको प्रक्रिया र ढंगको बारेमा बहस भइसकेको छ । उपस्थित महानुभावहरुले भर्चुअल मिटिङमा बोल्दै कार्यक्रममा आर्थिक, सामाजिक र बौद्धिक सहयोग जनाउने प्रतिवद्धता जनाउँदै एक सकारात्मक कदम भनेर प्रशंसा समेत गरे ।

कार्यक्रमको भव्य आयोजना गर्न सल्लाह सुझाव र हौसला दिदै आगामी दिनमा विश्वविद्यालयमा यस्ता कार्यतर्फ सधैंभरी लागि पर्ने उनीहरुको भनाइ थियो । विपिन भन्छन, जस्तो परिस्थिति आए पनि हामी यो ‘अन क्याम्पस कार्यक्रम’ सफल पारेर छाड्नेछौ । विश्वव्यापी कोभिड–१९ महामारीले विश्वलाई आतंकित बनाएको अवस्था भए पनि यो असहज परिस्थितिलाई अवसरको रूपमा लिई क्याम्पस निर्देशकले अधिकतम विद्यार्थीलाई सहभागी हुन प्रोत्साहित गर्ने रचनात्मक विचारहरू निर्माणमा केन्द्रित गर्ने उदेश्य राखेका छन् । यो विषम परिस्थितिमा भर्चुअल माध्यमबाट कार्यक्रम सफलपार्ने जानकारी दिए ।

किन भाग लिने ?

‘अन क्याम्पस प्रोग्रामको’ विजेताले ‘रिजनलको’ लागि सिधै प्रतिष्पर्धा गर्न पाउनेछन् । रिजनलका विजेता एक्सेलेटरमा प्रतिष्पर्धा गर्ने मौका पाउने छ्न् र एक्सेलेटरका विजेताले ग्लोबल फाइनलमा प्रतिष्पर्धा गर्न यूएन हेडक्वाटरमा गएर आफ्नो बिजनेश आइडिया प्रस्तुत गर्ने मौकाको साथ साथै प्रतिस्पर्धा जितेर आफ्नो उद्यम सञ्चालन गर्न १ मिलियन अमेरिकी डलर प्राप्त गर्ने मौका पाउनेछन् ।

भोकालाई खुवाउने, रोजगारको सृजना गरी अर्थतन्त्रलाई उत्प्रेरित गर्दै व्यावहारिक खाद्यउद्यम सञ्चालन गरेर २०३० सम्म १ करोड व्यक्तिको जीवनमा परिवर्तन ल्याउने उदेश्य राखेको हल्ट चुनौती ‘फुड फर गुड ’ मा सहभागी भई आफ्नो समाज, राष्ट्रिय र विश्वव्यापी रुपमा बढ्दै गरेको खाद्य संकटलाई अवसरको रूपमा परिवर्तन गर्न यस वर्षका हल्ट प्राइज पक्लिहवा क्याम्पसका निर्देशक विपिन रिजालको आग्रह छ । कार्यक्रम यही मंसिर ९ गते हुने आयोजकले जनाएका छन् ।