२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मोटरसाइकल डिभाईडरमा ठोक्किदा दुई जनाको मृत्यु

सोमवार , मंसिर ८, २०७७

भैरहवा, ८ मंसिर । 
मोटरसाइकल आफै अनियन्त्रित भइ सडकको डिभाईडरमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षिय विकास चौधरी र मोटरसाइकलमा सवार सोही स्थानका २० वर्षिय हरि गुरुङ रहेका छन् । 

आइतबार राती तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २४ प ७५०६ नम्बरको मोटरसाइकल आफै नियन्त्रित भइ सडकको डिभाईडरमा ठोक्किदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए ।

दुर्घटनापश्चात घाइते भएका दुवै जनालाई मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएकोमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको खत्रीले जानकारी दिए । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।