२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

सशस्त्र प्रहरी परिवार महिला संघबाट ज्ञानु पौड्याल सम्मानित

शुक्रवार , आषाढ १७, २०७९

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, १७ असार । 
    सशस्त्र प्रहरी परिवार महिला संघबाट नमुना एकीकृत विकास परिषद् रुपन्देहीकी अध्यक्ष ज्ञानु पौड्याल सम्मानित भएकी छन् । समाजसेवाको क्षेत्रमा क्रियाशिल रही लैंगिक हिंसा न्यूनीकरण, महिला सशक्तिकरण, एकल महिलाहरुको उत्थान, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार संरक्षण र प्रवद्र्धन तथा विपद् व्यवस्थापनमा पौड्यालले योगदान पुर्याएको भन्दै संघले उनलाई कदर–पत्रबाट सम्मान गरेको हो ।

    शुक्रबार काठमाडौंस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी कार्यालय कृष्णमोहन स्मृति भवनमा आयोजित संघको २१ औ वार्षिकोत्सव समारोहमा पौड्याललाई सम्मान गरिएको हो । उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले कदर-पत्र प्रदान गरेकी थिइन् ।

    290713604_1688714074815445_4856029037865828624_n.jpg

    महिला, बालबालिका, एकल महिला र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको उत्थानमा सक्रिय रही प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्व जस्तो स्वास्थ्यसँग संवेदनशील विषयमा समेत निरन्तर समर्पित रही समाजसेवामा पुर्याउनुभएको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने (अर्याल)ले बताइन् ।