
शुक्रवार , आषाढ १७, २०७९
बुटवल, १७ असार ।
रुपन्देहीको सियारी गाउँपालिकामा राष्ट्रपति शिल्ड प्रतियोगिता २०७८/२०७९ सम्पन्न भएको छ । वर्षाका कारण प्रभावित भएको खेल दुई दिन ढिला गरी सम्पन्न भएको हो । सियारी गाउँपालिका हलमा भएको कबड्डी प्रतियोगिताको छात्रतर्फ समयमाई मा.वि. प्रथम हुन सफल भएको छ । गणसरी माविका खेलाडीहरु द्वितीय तथा जनता मावि र जंगहत्था माविका खेलाडीहरुले तृतीय स्थान हासिल गरेका छन् । त्यसै गरी छात्रातर्फ जनता माविका खेलाडीहरुले प्रथम स्थान हासिल गरेका छन् । रोज बड एकेडेमीका खेलाडीहरु द्वितीय तथा सिद्धार्थ मावि र समयमाई माविका खेलाडीहरु तृतीय स्थान हासिल गरेका छन् ।
त्यसै गरी १ हजार ५ सय मिटर दौडमा छात्रातर्फ समयमाई माविकी आरती केवटले ७ मिनेट ३७ सकेण्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरेकी छन् । दुर्गा देवी माविकी ईन्दिरा गुरुङले ७ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन् भने पब्लिक मा.वि.की रजनी मल्लाहले ७ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् ।
छात्रतर्फ जनता माविका सुरेश केवट ५ मिनेट ३६ सेकेण्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरे । समयमाई माविका अनिल केवट ५ मिनेट ४० सकेण्डमा दुरी पार गर्दै दोस्रो तथा रोसबड एकेडेमीका सचिन कुर्मी ५ मिनेट ४७ सकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।
त्यसै गरी ३ हजार मिटर दौडमा छात्रातर्फ दुर्गादेवि माविकी ईन्दिरा गुरुङले १५ मिनेट ३६ सकेण्डमा दुरी पार गर्दै प्रथम भइन् । गणसरी माविका सुस्मिता यादव १५ मिनेट ४६ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा चिलिया माविकी रिन्की केवट १५ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । छात्रतर्फ जनता माविका सुरेश केवटले ११ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै प्रथम, समयमाई माबिका अनिल केवट ११ मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा विरेन्द्र माविका दिनेश पासी र पब्लिक माविका प्रदीप पासी ११ मिनेट ४३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।
एक समारोहकाबीच गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले प्रतियोगिताको विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले खेलकुदका नया युवा खेलाडी उत्पादन गर्ने रुपमा यो प्रतियोगिता भएको बताउँदै यसका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रतियोगितामा सियारी गाउपालिकाका १३ विद्यालयहरुका ३ सय ६० बढी खेलाडीहरुले भाग लिएको फुटबल प्रशिक्षक अमर पुन मगरले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij