
सोमवार , मंसिर ८, २०७७
भैरहवा, ८ मंसिर ।
मोटरसाइकल एकआपसमा ठोक्किदा सोमबार एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रुपन्देहीको देवदह नगरपालिका–१० गणेशनगरस्थित पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु ४७ प ३२०२ नम्बरको मोटरसाइकल र पुर्वबाट पश्चिम आउँदै गरेको लु ६५ प ५८६२ नम्बरको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको हो ।
घाइते भएका तीन जनालाई उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र उपचारका क्रममा लु ६५ प ५८६२ नम्बरका मोटरसाइकल चालक पर्वत घर भइ हाल नवलपरासीको प्रतापपुर– १ बस्दै आएका ५८ वर्षिय कमान सिंह थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले बताए । त्यस्तै लु ४७ प ३२०२ नम्बरका मोटरसाइकल चालक पाल्पाको बगनासकाली गाउँपालिका–४ का ३२ वर्षिय योगेन्द्र तिमिल्सेनाको दाहिने र खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको खत्रीले जानकारी दिए ।
त्यस्तै सोही मोटरसाइकलमा सवार स्याङजाको कालीगण्डकी गाउँपालिका–५ स्थित ४१ वर्षिय ४१ वर्षिय गुणाखर भुसालको बांया हात भांचिएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij