images
images

आइतवार, जेठ ६ गते २०८१

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

images
images
images
बिहिवार, आषाढ ३० २०७९
बिहिवार, आषाढ ३० २०७९
  • राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
    काठमाडौं, ३० असार ।

    साविक विजेता लुम्बिनी प्रदेशले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।

    images
    images
    images

    दोश्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य हात पा¥यो । तेश्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जित्यो । ५० स्वर्णका लागि भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५–५ स्वर्ण हात पारे । गण्डकीले थप समान ११–११ रजत र कांस्य पनि प्राप्त गर्यो । स्वर्णका अलावा कर्णालीले १० रजत र १५ कांस्य हासिल गर्यो ।

    प्रतियोगितामा ४ कीर्तिमान बने । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो । निशा चौधरीले मात्र २ व्यक्तिगत र एक टिममा कीर्तिमान रचिन् । छात्रा लङजम्पमा निशाले ५ दशमलव ४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५ दशमलव ४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमानलाई उछिनिन् । 

    १ सय मिटर दौड १२ दशमलव ५३ सेकेन्डमा पूरा गर्दै निशाले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । त्यस्तै ४ गुणा १ सय मिटर रिले निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसंग मिलेर ५४ दशमलव २० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान रचिन् । छात्र लङजम्पमा सुदिप थारुले ६दशमलव ६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए ।

    विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव जयप्रकाश भट्टराई, प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

    कुल नगद पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको थियो । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको तेश्रोपटक हो ।

    भलिबल : छात्रमा गण्डकी तथा छात्रामा बागमती विजयी
    यस्तै, भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमतीले उपाधि जितेका छन् ।

    त्रिपुरेश्वरिस्थत राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५–११, २५–१०, २०–२५, २०–२५,  १५–१२ को सेटमा पराजित गर्यो । कर्णाली तेश्रो भयो ।

    छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २५–२१, २१–२५, २५–१९,  १५–७ ले हरायो । गण्डकी तेश्रो बन्यो ।

    कबड्डीः सुदूरपश्चिम च्याम्पियन

    कबड्डीको छात्रमा पनि सुदूरपश्चिम च्याम्पियन बनेको छ । ५ टिम सहभागी छात्रको राउन्ड रोविन लिगमा शतप्रतिशत जित निकालेको सुदूरपश्चिमले ८ अंक जोड्यो । लुम्बिनी ६ अंकसाथ दोश्रो भयो । छात्रामा सुदूरपश्चिम बुधबारनै उपाधि जितिसकेको छ । छात्रामा पनि ५ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । यता, मार्सल आर्ट्समा बागमतिकै दबदबा रह्यो । कराते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बन्यो । न्युज कारखाना

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij