२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

लायन्स सिद्धार्थनगर टुलिपको आयोजनामा मेहेन्दी लगाउने कार्यक्रम

शुक्रवार , आषाढ ३१, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, ३१ असार ।
    लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको आयोजनामा शुक्रबार भैरहवामा मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न भएको छ । साउन महिना सुरु हुन लाग्दा मेहेन्दीको महत्व रहेकाले कार्यक्रम गरिएको क्लबकी वर्ष २०२२/२३ की अध्यक्ष निर्मला श्रेष्ठले बताइन् ।

    कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सबै क्लबले संयुक्त रुपमा मेहेन्दी लगाउने कार्यक्रम गर्दा अझ राम्रो सन्देश जाने बताइन् । उनले यस्ता कार्यक्रम ग्रामीण क्षेत्रमा पनि आयोजना गर्न सुझाव दिइन् । उपप्रमुख अधिकारीले महिला तथा बालबालिका हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम र आत्मरक्षा तालिम आयोजना गर्न आग्रह गरिन् । क्लबले आयोजना गर्ने कार्यक्रममा नगरपालिका सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । लायन्स रिजन चेयरपर्सन रचना क्षेत्रीले क्लबले राम्रो कार्य गरेको बताइन् ।

    क्लबकी अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक उषा सिंहको स्वागत, क्लबकी सह–सचिव नुमा ज्ञवालीको ध्वजा अभिवादन तथा सचिव पवित्रा पछाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।