२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

जनसम्पर्क समिति दक्षिण कोरियामा विवाद, असन्तुष्ट पक्षको छुट्टै भेला 

सोमवार , श्रावण २, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • दक्षिण कोरिया, २ साउन । 
    नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण कोरियामा विवाद चर्किएको छ । समितिको संस्थापन पक्षले पार्टीको केन्द्रीय विधानविपरीत १० जुलाईमा विधान अधिवेशन गरेको भन्दै असन्तुष्ट पक्ष विरोधमा उत्रिएको हो । 

    ६ महिनाअघि निर्विरोध निर्वाचित अध्यक्ष भजिन्द्र क्षेत्रीले एकलौटी ढंगबाट विधानमा उल्लेख नै नभएको विधान अधिवेशन गरेकाले उक्त संशोधित विधान खारेजीको माग गरिएको निवर्तमान प्रवक्ता सिताराम तिमल्सिनाले जानकारी दिए । असन्तुष्ट पक्षले जुलाई २४ का दिन कोरियाको राजधानी सिओलमा छुट्टै भेलाको आयोजना गरेर दबाबलाई थप सशक्त पार्ने जनाएको छ ।  १० गते गरिएको विधान अधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थिति बिनै गैरकांग्रेसीहरु सहभागि गराएर विधान संशोधन गरिएको असन्तुष्ट पक्षको आरोप छ । 

    २४ जुलाईका दिन छुट्टै भेलाको आयोजना गरेको उक्त पक्षले आफ्नो माग सुनुवाई नभए केन्द्रमा निवेदन दिने तयारी गरेको तिमिल्सिनाले बताए । 

    यता समिति सभापति भजिन्द्र क्षेत्रीले ६ महिना पहिले अधिवेशन हलबाटै पारित गरिनुपर्ने संशोधित विधान विवादका कारण रोकिँदै आएकोमा अहिले पारित गरिएको बताए । उनले जनसम्पर्क समिति कोरियामा १ सय ५९ महाधिवेशन प्रतिनिधि रहेकामा जुम र प्रत्यक्ष गरी १ सय जना प्रतिनिधिको उपस्थिति र सहमतिमा विधान पारित गरिएको दावी गरे । 

    केन्द्रले प्रवास संगठनका लागि विधानमा तोकेका विषय र कोरियाको समितिको विधानमा रहेका विषय बाझिएकाले विधानमा एकरुपता ल्याउन विधान संशोधन गर्नुपरेको क्षेत्रीको भनाइ छ । केन्द्रको विधानमा प्रवास संगठनको कार्यकाल ३ वर्ष तोकिएको तर कोरियाको विधानमा २ वर्ष मात्र रहेको लगायत अन्य विषय पनि संशोधन गर्नु अपरिहार्य रहेकाले गरिएको अध्यक्ष क्षेत्रीले बताए ।  उनले  आफूले केन्द्रका नेताहरुको सल्लाह र सहमतिमै उक्त अधिवेशन सम्पन्न गरेको बताए । 

    समितिले विज्ञप्ति प्रकाशित गर्दै कोरियामा जनसम्पर्क समिति एउटा मात्र भएकाले अन्य समूहले संस्थाको लागो प्रयोग गरी भेला गरेको पाइए कानूनी कारवाही गर्ने चेतावनी पनि दिएको छ । 

    Bigepti.jpg