२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

एलआइसीद्वारा बीमा दावी रकम हस्तान्तरण

शुक्रवार , मंसिर १२, २०७७


तिलोत्तमा, १२ मंसिर । 
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी)ले नवलपरासीको प्रतापपुर गाउँपालिका–२, सोनवर्षा नवलपरासी निवासी दिल्लीराम थारुको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले दिल्लीरामकी धर्मपत्नी पुष्पा कुमारी गुराउलाई रकम हस्तान्तरण गरेकी हुन् । वैदेशिक रोजगारीमा रहेका दिल्लीरामको गत जेठमा निमोनियाका कारण निधन भएको थियो । 
उनले एलआइसी नेपालको बर्दघाट शाखामार्फत दुईलाख ५० हजार रुपियाँको जीवन बीमा गरेका थिए । जीवन बीमा अन्तर्गतबाट प्राप्त हुने रकम ३ लाख ८ अजार १५० रुपियाँ उनकी धर्मपत्नी पुष्पाकुमारीलाई प्रदान गरिएको शाखा प्रबन्धक पुरीले जानकारी दिइन् । 
त्यस अवसरमा बोल्दै शाखा प्रवन्धक पुरीले मानिसको विकल्प रकम हुन नसके पनि जीवनलाई सहजरुपमा अघि बढाउन रकम चाहिने र भाविष्यलाई सुरक्षित राख्न जीवन बीमा अति आवश्यक भएको बताइन् । 
एलआइसीका एजेन्सी म्यानेजर किशन बहादुर चौधरी र सुरेश यादव तथा वडा सदस्य बेलास हरिजन लगायतले जीवन बीमा र यसका सबल र सकारात्मक पक्षबारे चर्चा गरेका थिए ।