images

बिहिवार, बैशाख १३ गते २०८१

लियो होलिसिटी भैरहवाको अध्यक्षमा ओजश शर्मा

लियो होलिसिटी भैरहवाको अध्यक्षमा ओजश शर्मा

images
images
images
मंगलवार, श्रावण १० २०७९
मंगलवार, श्रावण १० २०७९
  • लियो होलिसिटी भैरहवाको अध्यक्षमा ओजश शर्मा

    भैरहवा, १० साउन ।
    लियो क्लब अफ होलिसिटी भैरहवाको पद हस्तान्तरण, पदस्थापन तथा पुस्कार वितरण समारोह भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा क्लबका वर्ष २०२१/२२ का अध्यक्ष आकाश पौडेलले वर्ष २०२२/२३ का अध्यक्ष ओजश शर्मालाई पद हस्तान्तरण गरेका छन् ।

    images

    क्लबको वर्ष २०२२/२३ को प्रथम उपाध्यक्षमा आशिष पन्त, द्वितीय उपाध्यक्षमा अनुराग विडारी, तृतीय उपाध्यक्षमा दिव्या क्षेत्री, सचिवमा निर्भिक ढुंगाना, कोषाध्यक्षमा औकेश शर्मा र सह–कोषाध्यक्षमा भुवन खत्री रहेका छन् ।

    त्यस्तै क्लबको टेमरमा देवराज भण्डारी, टेल ट्वीष्टरमा सुधा निरंजन, जनसम्पर्क अधिकारी (पीआरओ)मा एलेन अधिकारी, निर्देशकमा अबु जैद, नौसाद पठान, फाइनान्स कमिटीमा केतन बोहरा र स्पोर्टस् एकेडेमीमा निशांक पौडेल रहेका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठले स्थापनाकालदेखि नै लियो क्लब अफ होलिसिटी भैरहवाले सामाजिक कार्यलाई निरन्तरता दिदै आएको बताए ।

    कार्यक्रममा एरिया चिफ संगम न्यौपाने, लियो सल्लाहकार दीपेन्द्रमान श्रेष्ठ, लियो क्लब अफ होलिसिटी भैरहवाका संस्थापक अध्यक्ष सम्राट थापा लगायतले बोलेका थिए । कार्यक्रम संयोजक औकेश शर्माको स्वागत तथा दिव्या क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij