
शुक्रवार , मंसिर १२, २०७७
बुटवल, १२ मंसिर ।
रुपन्देही खुद्रा किराना व्यवसायी संघले स्थापना दिवसको अवसरमा अपांग आश्रममा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।
१५ औं स्थापना दिवसको अवसरमा बुटवलको देवीनगरमा रहेको नेपाल अपांग आश्रममा विभिन्न खाद्यान्न सामाग्री शुक्रबार हस्तान्तरण गरिएको हो ।
संघका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले कोरोना महामारीको बीचमा अपांगता भएका व्यक्तिहरुलाई दैनिक उपभोग्य वस्तुहरु हस्तान्तरण गर्नु सराहनीय कार्य भएको बताए । उनले खुद्रा किराना व्यवसायीको हक हितको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा संस्थापक टिकाराम गैरे, महासचिव गोपाल प्रधान, वरिष्ठ उपाध्यक्ष महेन्द्र पोखरेल लगायत बोल्दै संघको भवन वनाउनको लागि जग्गा व्यवस्थापन सबै पक्ष लाग्नु पर्नेमा जोड दिए । उनीहरुले खुद्रा किराना व्यवसायी संघले समस्या ध्यान दिन राज्यले नसकेको गुनासो गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij