२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

महिला साफ : च्यासललाई अभ्यास मैदान बनाउने

आइतवार , श्रावण १५, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, १५ साउन । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल मार्फत च्यासल मैदान प्रयोगमा आउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपबाट नव निर्मित च्यासल मैदान  संचालनमा ल्याउन लागेको हो ।

    यसअघि एन्फाले सहिद स्मारक ए डिभिजन लिग २०७८ आयोजना गर्ने तयारी गरेपनी चेन्जिङ रूम र गोलपोस्ट तयार नभएपछी खेल हुन सकेको थिएन । 

    यस्तै, एन्फाले दोस्रो अभ्यास मैदानको रुपमा आर्मीको भद्रकालीलाई प्प्रयोग गर्नेछ । महिला साफ लगातार दोस्रो पटक नेपालमै हुँदै छ ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन  गरेको  समूह बी मा नेपाल सहित श्रीलंका र भुटान छन् । 

    यस्तै, समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । २१ भदौदेखि १३ असोजसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागीता रहनेछ ।

    साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् । न्युज कारखाना