images
images

मंगलवार, जेठ ८ गते २०८१

दक्षिण कोरियाले ५ सय विदेशीलाई पारिवारिक भिषा दिँदै 

दक्षिण कोरियाले ५ सय विदेशीलाई पारिवारिक भिषा दिँदै 

images
images
images
सोमवार, श्रावण १६ २०७९
सोमवार, श्रावण १६ २०७९
  • दक्षिण कोरियाले ५ सय विदेशीलाई पारिवारिक भिषा दिँदै 

    सिओल, १६ साउन ।
    दक्षिण कोरियाले घट्दो जनसंख्या र कामदार अभावलाई पूर्ति गर्न दक्ष विदेशी नागरिकलाई पारिवारिक भिषा प्रदान गर्ने योजना ल्याउने भएको छ । कोरियामा वर्षेनीे जनसंख्या घटिरहेको तथा ग्रामीण क्षेत्रमा सञ्चालित उद्योगहरुमा कामदार अभाव भएको भन्दै दक्ष विदेशी नागरिकलाई उक्त भिषा प्रदान गरिने यहाँको न्याय मन्त्रालयलाई उद्धृत गर्दै कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।  

    images
    images
    images

    यहाँको न्याय मन्त्रालयले स्थानीय क्षेत्र विशेषलाई लक्षित गरेर कोरियामा स्थायी बसोबास गर्न पाउने गरी अक्टोबरदेखि एफ-२ भिषा प्रदान गर्न लागेको हो ।

    त्यसका लागि यहाँका ग्रामिण क्षेत्रका उद्योगहरुमा श्रम सम्झौता गरी काम गर्नुपर्ने बताइएको छ । उक्त भिषा प्राप्त गर्ने विदेशीले स्थानिय तह अर्थात यहाँका ग्रामिण क्षेत्रका उद्योगमा कम्तिमा ५ वर्ष काम गर्नुपर्ने शर्तमा सहमत हुनुपर्ने उल्लेख छ । 
    उक्त भिषा प्राप्त गर्नका लागि कोरियाली भाषामा प्रविणता तहसम्मको दक्षता हासिल गरेको र औपचारिक शैक्षिक योग्यता स्नातक उत्तीर्ण हुनुपर्ने तोकिएको छ ।

    यसरी भिषा प्राप्त गर्ने विदेशीले आफ्ना परिवारका सदस्यलाई सँगै ल्याउन पाउने तर पछि भिषा परिमार्जन गर्दै लैजान सक्ने वा नसक्ने भन्ने विषयमा अहिले परीक्षणकाल भएकाले उल्लेख गरिएको छैन । उक्त योजनामा सहभागि हुन चाहने विदेशीले सरकारले तोकेका ८९ पालिकामार्फत आवेदन दिन सक्नेछन् । 

    मन्त्रालयले आवेदन हेरेर ग्रामीणस्तरका ५ क्षेत्रलाई लक्षित गरेर पहिलो चरणमा ५ सय जना विदेशीलाई उक्त भिषा प्रदान गर्ने बताइएको छ । उक्त योजना १ वर्षसम्म परीक्षणको रुपमा सञ्चालन गरिनेछ । 

    यस्तै प्रकृतिका आप्रवासी भिषा योजना अस्ट्रेलिया र क्यानडाले पनि सञ्चालनमा ल्याएको र कोरियामा त्यसको प्रभावकारिता हेरेर आगामी वर्ष त्यसको समीक्षा गरेरमात्र अगाडि बढाइने बताइएको छ । 

    यसअघि मानव अधिकारवादीहरुको चर्को दवावमा भिषा नभएका आप्रवासीका सन्तानको जन्मदर्ता गरी सेवा सुविधा प्रदान गर्न कोरिया सहमत भएको थियो । उनीहरुका बच्चाको जन्मदर्ता गरिदिने कानून पनि कार्यान्वयनमा ल्याउने जनाएको छ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij