images
images

मंगलवार, जेठ ८ गते २०८१

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको वनभोज सम्पन्न

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको वनभोज सम्पन्न

images
images
images
सोमवार, श्रावण १६ २०७९
सोमवार, श्रावण १६ २०७९
  • अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको वनभोज सम्पन्न

    सिओल, १६ साउन ।
    अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको दुईदिने वनभोज कार्यक्रम सिओलस्थित खाङबुगमा सम्पन्न भएको छ । शनिबार र आइतबार गरी दुई दिनको कार्यक्रममा जिल्लाबाट कोरियामा कर्मथलो बनाएका मञ्चमा आवद्ध करिब ९० जनाको सहभागिता रहेको मञ्चका अध्यक्ष हिमाल खनालले जानकारी दिए ।

    images
    images
    images

    परिवारबाट टाढा भएर कोरियामा रोजगारीमा रहेका जिल्लाबासीहरुका बीचमा एकता, सहयोग एवं आपसी सम्बन्ध विस्तार गर्न यस्ता किसिमका कार्यक्रमको अपरिहार्यता भएकाले उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक टीकाराम पोख्रेलले बताए ।

    कोरियामा कडा मिहिनेत गर्नुपर्दा होमसिक हुने, २ वर्ष यता कोरोना महामारीका कारण पनि भेटघाट पातलो भएका कारण आपसमा भावना साट्ने मौकाको रुपमा कार्यक्रमलाई लिइएको मंचका सचिव माधव खनालले बताए ।

    कोरियामा अधिकांश कम्पनीहरुका गर्मी विदाको अवसर परेकाले पनि धेरै जिल्लाबासीहरु सहभागी हुने अवसर जुरेको संघका उपाध्यक्ष रुद्र पौडेलले बताए ।

    कोरियामा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन आएका दक्षिण एसियाली तेक्वान्दो स्वर्ण पदक विजेता खेलाडी कमल श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नवगठित कार्यसमितीका पदाधिकारीलाई मञ्चका सल्लाहकार भरत पाण्डेले ओहोदाको प्रमाणपत्र प्रदान गरेका थिए ।

    मञ्चले कोरियामा रहेका जिल्लाबासीहरुमा समस्या परेमा यहाँको नेपाली दूतावास लगायत अन्य आधिकारिक संस्थाहरुसँगको समन्वमा सहयोग गर्दै आएको छ । मञ्चले आगामी दिनमा पनि यस्तै अवसर पारेर उपलब्धीमुलक कार्यक्रमहरु सञ्चालन गरिने मञ्चले जनाएको छ । औपचारिक कार्यक्रमको स्वागत मन्तव्य जीवन आचार्यले राखेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij