images

शुक्रवार, बैशाख १४ गते २०८१

ठूलाखर्क सेवा समाजले तीज मिलन कार्यक्रम गर्ने

ठूलाखर्क सेवा समाजले तीज मिलन कार्यक्रम गर्ने

images
images
images
आइतवार, श्रावण २२ २०७९
आइतवार, श्रावण २२ २०७९
  • ठूलाखर्क सेवा समाजले तीज मिलन कार्यक्रम गर्ने

    बुटवल, २२ साउन । 
    ठूलाखर्क सेवा समाज बुटवल रुपन्देहीले यही साउन २८ गते शनिबार तीज मिलन कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले स्थापनाको पहिलो वर्षमै दिदीबहिनी तथा चेलीबेटीहरुलाई जम्मा गरेर तीजमिलन कार्यक्रम आयोजना गर्न लागेको हो ।

    images

    बुटवलको तीनकुनेस्थित सिमरन पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि अर्घाखाँचीको छत्रदेव गाउँपालिका अन्तर्गत ठूलाखर्कबाट रुपन्देही आई बसोबास गर्ने सबैलाई सहभागी हुन आह्वान गरेको छ । आफ्नो मौलिक कला र संस्कृति जगेर्नाको लागि भन्दै समाजले तीजमिलन कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष टामलाल ज्ञवालीले जानकारी दिए । तीजगीत कार्यक्रमसँगै दर खुवाउने कार्यक्रम समेत गरिने उनले जानकारी दिए । 

    अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ अन्तर्गत ठूलाखर्क स्थायी घर भई रुपन्देही, नवलपरासी र कपिलवस्तुमा बसोबास गरिरहेकाहरुले ठूलाखर्क सेवा समाज गठन गरेका हुन् । समाज गठन भएसँगै विभिन्न गतिविधि सुरु गरिएको समाजका उपाध्यक्ष घनश्याम ज्ञवालीले बताए । तीज गीत कार्यक्रमले संस्कृतिको रक्षा गर्ने र आपसी भाइचारा एवं भातृत्वको विकास गर्ने समाजका सचिव किशोर ज्ञवालीले बताए । बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम दिनभर चल्ने पनि उनले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij